२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

भैरहवामा खराब मौसमका कारण जजिरा, फ्लाइ दुबइ र थाई एयरको उडान स्थगित

२०८१, २४ मंसिर सोमबार १४:२३

काठमाडौं । खराब मौसमका कारण भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या भएपछि तीनवटा अन्तर्राष्ट्रिय वायुसेवाले उडान स्थगन गर्ने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार कुबेतबाट उडान गर्दैआएको जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भैरहवाको मौसम बाक्लो हुस्सुले भरिएर अवतरणमा कठिनाइ भएको भन्दै उडान केही समयका लागि स्थगित गरेका हुन् । तीनै वायुसेवाले लिखित रुपमा तत्काल उडान निरन्तरता दिन नसक्ने जनाएका छन् ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार केही दिनयता अन्तर्राष्ट्रिय विमानहरु भैरहवामा अवतरण हुन नसकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको जानकारी दिए । तराईको मौसम हुस्सुका कारण खराब भएको मौसम सुधार नहुन्जेलसम्म उडान गर्न नसकिने अन्तर्राष्ट्रिय हवाइ कम्पनीले जनाएको भुलले बताएका छन् ।

भैरहवा विमानस्थल आसपास रहेका सिमेन्ट फ्याक्ट्री र इटाभट्टाबाट निस्कने प्रदूषणका कारण त्यहाँको आकास प्रदूषित भइरहेको पनि बताइएको छ । सहप्रवक्ता भुलका अनुसार विदेशी वायुसेवाले उडानलाई निरन्तरता चाहँदाचाहँदै मौसमका कारण उडान रोक्नुपरेको बताएका छन् ।

भैरहवाको मौसम बिग्रिँदा विशेषगरी ठूला जेट विमान अवतरणमा कठिनाइ आएको पनि बताइएको छ । तर भैरहवामा उडान नियमित भएसँगै जजिरा, फ्लाइ दुबइ र थाइ एयरवेज लगायत अन्तर्राष्ट्रिय कम्पनीले यसबीचमा ४ हजार ७ सय यात्रुको आवागमन गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड