2026-09-03 03:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण

काठमाडौँ | केही समयदेखि बन्द रहेको मलेसियाको रोजगारी फेरि खुला भएको छ। २०८१ जेठ १८ गतेदेखि लागु भएको आप्रवासी कामदारमाथिको प्रतिबन्ध आंशिक रूपमा खुला गरिएको हो।

मलेसियाको नियम अनुसार देशभित्र १५ प्रतिशत मात्र विदेशी कामदार राख्न पाइने व्यवस्था छ। यो सीमा पूरा भएपछि सरकारले कामदार लिन रोक लगाएको थियो।

मलेसियास्थित नेपाली दूतावासले प्लान्टेसन लगायतका विभिन्न क्षेत्रका लागि १,७८० माग पत्र प्रमाणीकरण गरेको छ। योसँगै मलेसियामा ६ महिनादेखि रोकिएको आप्रवासी कामदार पठाउने प्रक्रिया सुरु भएको छ। तर, अहिले सीमित क्षेत्रमा मात्रै रोजगारी खुलाइएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विशेष कोटामार्फत मात्र कामदारको माग भइरहेको छ। मलेसियाका रोजगारदाताले आवश्यक कामदारका लागि नेपाली दूतावासमा माग पत्र पेस गर्न सक्छन्। माग पत्र प्रमाणीकरण भएपछि वैदेशिक रोजगार विभागले प्रक्रिया सुरु गर्नेछ।

हाल मलेसियामा झन्डै ४ लाख नेपाली कामदार कार्यरत छन्। नेपाल सरकारले मलेसिया जाने कामदारमाथि भएको ठगी रोक्न २०७५ जेठ १२ गते श्रम स्वीकृतिमा रोक लगाएको थियो। त्यसबेलादेखि स्वास्थ्य परीक्षणमा सिन्डिकेटको समस्या थियो।
तर, अहिले सबै सूचीकृत स्वास्थ्य संस्थाले मलेसियामा जाने कामदारको मेडिकल गर्न पाउने भएका छन्। सिन्डिकेटमा संलग्न बेस्टिनेट एसडिएन बिएचडी र नेपाल स्वास्थ्य व्यवसायी महासङ्घबिचको सम्झौता नवीकरण नगरिएपछि यो समस्या अन्त्य भएको हो। सिन्डिकेट तोडिएपछि कामदारको लागत घट्ने र प्रक्रिया पारदर्शी हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे