2026-10-30 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने

काठमाडौं | पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिने क्रम सकिएको छ । पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै उनको बयानको क्रममा सकिएको हो ।

कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे बयान लिइएको थियो । पोखरापछि रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको रकम अपचलनबारे बयान लिइएको थियो । सोमबार पोखराबाट काठमाडौं हुँदै लामिछानेलाई हवाईमार्गमार्फत पर्सा पुर्‍याइएको थियो । मंगलबार बयान सकिएसँगै उनलाई पर्साबाट पुनः काठमाडाैं हुँदै पोखरा फर्काइयो ।

बुधबार दिउँसोको फ्लाइटमार्फत लामिछानेलाई पुनः कास्की पुर्‍याइएको हो । अब भने लामिछानेविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ । प्रहरीका अनुसार लामिछानेले बयान दिएका पाँचवटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् । उनीसँगै पूर्वडिआईजी छविलाल जोशीसमेत प्रहरीको थुनामै छन् । उनी असोज ६ गते पक्राउ परेका थिए । प्रहरीले लामिछाने सहितका आरोपीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो । सम्पत्ति शुद्धीकरण कसुरमा प्रहरीलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । सोहीअनुसार छविलाल जोशी पक्राउ परेको ८० दिन पूरा भएको छ ।

अबको १० दिन भित्र प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेको मुद्दा अदालत दर्ता गरिसक्नु पर्नेछ । आइतबार मात्रै रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले छैटौँपटक चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको थियो ।

आजै म्यादसमेत सकिनेछ । प्रहरीले लामिछाने विरुद्ध पुनः म्याद थप गर्ने र सोही थप म्यादको अवधिभित्र उनको मुद्दा अदालत दर्ता गराउने तयारी जिल्ला सरकारी वकिल कार्यालयको छ । अबको १० दिनमा दर्ता हुने मुद्दामा पाँचवटै जिल्ला अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने आदेश दिए मात्रै उनी थुनामुक्त हुनेछन् ।

पाँचमध्ये कुनै पनि एउटा अदालले उनलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश गरे भने उनी थुनाका लागि कारागार चलान हुनेछन् । प्रहरीका अनुसार लामिछानेले पाँचवटै जिल्लाको सहकारीको रकम अपचलन प्रकरणमा आफू निर्दोष रहेको इन्कारी बयान दिएका छन् ।

गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शन, सुप्रिम, स्वणलक्ष्मी, साहारा र सानोपाइला सहकारीको रकम अवैध तरिकाले पुगेको खुलेपछि रविसहित छविसमेत पक्राउ परेका हुन् । ग्यालेक्सी टेलिभिजन ओखलढुंगाका गितेन्द्रबाबु राई जीबीले सञ्चालनमा ल्याएका हुन् । उसो त जीबी राई पाँचवटै सहकारीका सञ्चालक समेत हुन् । लामिछाने टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक र छवि पूर्वसञ्चालक हुन् ।

संसदीय छानबिन समितिले जीबीले सञ्चालन गरेका विभिन्न पाँच सहकारीमार्फत ग्यालेक्सी टेलिभिनमा ६५ करोड रुपैयाँ अपचलन भएको तथ्य सार्वजनिक गरेपछि लामिछानेसहित पूर्वडीआईजी जोशी पक्राउ परेका हुन् ।

हाल उनीहरूसँगै लीला पछाईं र रामबहादुर खनालसमेत थुनामा छन् । सहकारीको रकम अपचलनका मुख्य आरोपी जीबी राईलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ