२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आइएमई पे’ को ब्राण्ड एम्बेसेडर आसिफ शेख

२६ मंसिर २०८१, बुधबार १७:११

काठमाडौँ | नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एक कार्यक्रममाझ नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ।

नेपालको राष्ट्रिय क्रिकेट टिमबाट दायाँ हाते विकेटकिपर/ब्याट्सम्यानको रुपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धाहरुमा कम उमेरमै कैयौँ कीर्तिमान बनाइसकेका छन् । कीर्तिपुरमा जारी एनपीएलमा आसिफ जनकपुर बोल्ट्सबाट खेलिरहेका छन् ।

दुई पक्षबीच भएको यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम भएको ‘आइएमई पे’ ले अपेक्षा गरेको छ ।

साथै डिजिटल फाइनान्सको सम्भावनालाई नेपाली क्रिकेटको जोशसँग जोड्न महत्वपूर्ण कदम चालेको पनि आइएमई पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले बताए।

‘नेपाली क्रिकेटको लागि आफ्नो समर्थन जारी राख्दै, हामी विश्वास गर्छौं कि यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुनेछ,यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसँग जोड्ने छ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्योट विनियमावली- २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरु मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्ने पनि आइएमई पे ले जनाएको छ ।

यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आएको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो