नन्दराम जैशी/असार २३, जुम्ला । जुम्लाका सरोकारवाला निकायले आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाले बताएका छन् । 

बालबालिकाले आयोजना गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/असार २३, जुम्ला । जुम्लाका सरोकारवाला निकायले आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाले बताएका छन् । 

बालबालिकाले आयोजना गर्न"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सरोकारवाला निकायले उपेक्षा गरेको बालबालिकाको आरोप

२०७४, २३ असार शुक्रबार ०७:५३


नन्दराम जैशी/असार २३, जुम्ला । जुम्लाका सरोकारवाला निकायले आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाले बताएका छन् । 

बालबालिकाले आयोजना गर्ने अधिकांश कार्यक्रममा सरोकारवाला निकायको उपस्थीति नहुनेहुँदा आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाहरुको भनाइ छ । बालबालिकाले आयोजना गर्ने छलफल, गोष्ठि, अभिमुखिकरण लगाएतका जनचेतना मुलक कार्यक्रममा जिल्ला स्थीत सरोकारवाला निकायको उल्लेख्य उपस्थीति नभएपछि आफुहरु उपेक्षामा परेको बालबालिकाले गुनासो गरेका छन् । 

जुम्ला बजारमा बिहिबार सम्पन्न भएको नगर स्तरीय बालसंजालका प्रतिनिधिहरुलाइ क्षमता विकास सम्बन्धी तिनदिने अभिमुखिकरणको समापनका अवसरमा बालबालिकाहरुले यस्तो बताएका हुन् । नगर बालसंजालका अध्यक्ष ईश्वर खत्रिले भन्नुभयो, अभिमुखिकरणको समापनमा सहभागिताका लागि जिल्लाका ३० बढि सरकारी तथा गैरसरकारी कार्यालयलाइ पत्र काटेका थियौ, कसैपनि सहभागिता भएन । 

पत्र काट्ने मात्र होइन टेलिफोन पनि धेरै पटक गर्यौ, बालबालिकाको कार्यक्रम त हो नि भनेर सरोकारवाला निकाय वास्था गर्दैनन् उहाले गुनोसो गर्नुभयो । हामिले यस अघि पनि धेरै कार्यक्रम गर्यौ तर कहिले पनि सोचे अनुसार कार्यक्रम हुदैन । 

हाम्रा कार्यक्रममा सरोकारवाला निकाय सहभागिता भएपनि हामि खुसि हुन्थ्यौ अध्यक्ष खत्रिले भन्नुभयो । बालिका अनिता नेपालिले भन्नुभयो, जिल्लाका सरकारी तथा गैर सरकारी निकाय, राजनितिक दल, पत्रकार, प्रहरी, प्रशासन लगाएतका निकायलाइ बालबालिकाद्धारा आयोजित कार्यक्रममा आफुले गरेका क्रियाकलाप जानकारी गराउनुका साथै अनुभव आदान प्रदान गर्न चाहान्छौ तर उनिहरुको नै कार्यक्रममा सहभागि नभएपछि हामिले कसलाइ सुनाउने उहाले गुनासो गर्नुभयो । बालअधिकारका बिषयमा हामि आवाज त उठाउछौ तर कार्यान्वयन गर्ने निकाय मौन रहेजस्तो लाग्छ बालिका नेपालिले भन्नुभयो । 

साथै आगामि दिनका कार्यक्रममा सरोकारवाला निकायले आफुहरुलाइ उपेक्षा नगरुन भन्दै उहाले सबैको ध्यानाकर्षण गराउनुभयो । नगर बालसंजालका सचिब प्रकाश देबकोटाले जिल्लाका सरोकारवालाहरु भत्ता धेरै पाइने आशामा विभिन्न अनुगमनका कार्यक्रममा जाने गरेकाले पनि बालबालिकाका कार्यक्रमलाइ उपेक्षा गरेको बताउनुभयो । 

जिल्लामा धमाधम असारे विकास भैरहेकाले पनि विकासे कामको अनुगमन तथा दैनिक बैठकमा ब्यक्त रहेका कार्यालय प्रमुखहरु आफ्ना कार्यक्रममा उपस्थीत हुन नसकेको बालबालिकाको आरोप छ । 

टोल, गाँउ समाज, छरछिमेक तथा विद्यालयमा बालअधिकारका बिषयमा छलफल गर्नुका साथै बाल हिंसाको बिषयमा आवाज उठाउने गरेपनि सरोकारवालाको साथ नहुदाँ समस्या भएको बालक खेमराज बुढ्थापाले बताउनुभयो । 

उहाले भन्नुभयो बालमैत्रि स्थानिय शासन लागु नभएसम्म देश विकास संभव छैन, त्यसैले हरेक स्थानिय निकायमा बालमैत्रि स्थानिय शासनको अवलम्बन गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी