2026-09-18 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएइको नेपाली राजदूतावासमा पासपोर्टलाई आवेदन दिँदा थाहा पाउनु पर्ने प्रक्रिया र जानकारी

१) MRP राहदानीको लागि के के कागजात पेश गर्नुपर्दछ ?

क) सबै विवरण भरेको फारम दुई प्रति

ख) सक्कल नागरिकता र त्यसको फोटोकपी

ग) सक्कल राहदानी र त्यसको फोटोकपी

घ) तोकिएको ढांचाको फोटो चार प्रति

२)  MRP राहदानीको लागि कति शुल्क लाग्दछ ?

३२० धिराम लाग्दछ ।

तर राहदानी हराएको, नासिएको वा राहदानीमा क्षति पुर्‌याएको अवस्थामा ६४० धिराम लाग्दछ

३) MRP राहदानी कसले जारी गर्दछ ?

MRP राहदानी काठमाण्डौ नारायणहिटीस्थित राहदानी विभागले प्रदान गर्दछ।

४) MRP राहादानी बनेर आउन  कति समय लाग्दछ ?

फाराम बुझाएपछि MRP राहादानी बन्न करिब ३ महिनामा लाग्दछ ।

५) राहदानी बनेर आए नआएको कसरी थाहा पाउने ?

यो जानकारी तपाईंले दुई किसिमबाट थाहा पाउन सक्नुहुन्छ ।

राहदानी बनेर आएका व्यक्तिहरुको नामावली दूतावासको वेवसाईट http://www.nepalembassyuae.org/en/mediacentre1/mrplist मा राखिएको हुन्छ। वेवसाइटको मुखपृष्ठमा रहेको सूचना हेरेर वा हेर्न लगाएर आफ्नो नाम रहेको लट नम्बर र सिरियल नम्बर टिपेर आउनुपर्दछ ।

दूतावासको सूचना पाटीमा समेत राहदानी बनेर आएका व्यक्तिहरुको नामावली टाँस गरिएको हुन्छ ।

६) MRP राहदानीको दरखास्त फाराम बुझाउन र MRP राहदानी लिन निवेदक स्वयं दूतावासमा उपस्थित हुनु पर्दछ ?

हो, राहदानीको दरखास्त फाराम बुझाउन तथा राहदानी लिन निवेदक स्वयं दूतावासमा उपस्थित हुनुपर्दछ ।

७) MRP राहादानी लिन आउँदा के के कागजात लिएर आउनु पर्दछ ?

MRP लिन आउँदा पैसा बुझाएको रसिद, पुरानो राहदानी र सक्कल नागरिकता लिई आवेदक आफैँ आउनु पर्दछ । यदि अस्थायी राहदानी लिएको भए सो समेत लिएर आउनु पर्दछ।

८) दुतावासमा दरखास्त फाराम बुझाएपछि काठमाण्डौबाट पासपोर्ट लिन पाईन्छ कि पाईदैन ?

पाईन्छ, तर यसका लागि दूतावासले लेखेको पत्र लिएर राहदानी विभाग नारायणहिटीमा सम्पर्क गर्न जानु पर्दछ ।

९) MRP राहदानीको लागि दरखास्त फाराम कहाँ पाईन्छ ?

यस दूतावासको वेवसाईट वा www.dopmofa.gov.np/mrp मा गएर Online भरेर प्रिन्ट गर्न सकिन्छ । प्रिन्ट गर्दा Page Scaling को None Option मा गएर मात्र Print गर्नुपर्दछ । अथवा कुनै फाराम भर्ने सर्भिस सेन्टरमा गएर फाराम भर्नुपर्दछ ।

१०) MRP राहदानी बनेर आएपछि त्यसमा नाम, थर, जन्ममिति, ठेगाना सच्याउन मिल्छ कि मिल्दैन ?

MRP बनेपछि त्यसमा कुनै किसिमले कुनै पनि विवरण सच्याउन मिल्दैन । यदि सच्याउनु परेमा नयाँ  MRP राहादानी नै बनाउनु पर्दछ।

११) MRP मा बच्चाको फोटो टाँस्न मिल्छ कि मिल्दैन ?

MRP मा बच्चाको फोटो टाँस्न मिल्दैन । बच्चाको पनि नयाँ MRP राहदानी नै बनाउनु पर्दछ ।

१२) दूतावासमा राहदानी फाराम बुझाउने र वितरण गर्ने समय के हो ?

राहदानी फाराम बुझाउने समय आइतबाररदेखि बिहीवारसम्म बिहान ९:३० बजेदेखि दिउँसो १:३० बजेसम्म हो। फारम बुझाएपछि नै राहदानी लिन कहिले र कुन समयमा आउने भनेर सोध्नुहोस् । अथवा तल दिईएको नम्बरमा सम्पर्क गरेर पनि राहदानी बुझ्ने समय थाहा पाउन सक्नुहुन्छ ।

१३) पासपोर्टसँग सम्बन्धित जानकारीको लागि कहाँ सम्पर्क गर्ने ?

नेपाली राजदूतावास

सेक्टर डब्लु १५–२, भिल्ला नम्बरः १३/१, प्लट नम्बर ४० अल करामा स्ट्रिट, अल करामा एरिया
फोन नम्बरः००९७१–२६३४४७६७
फ्याक्स: ००९७१२६३४४४६९ पोस्ट बक्सः ३८२८२,
इमेलः[email protected]
वेबसाइटः www.nepalembassyuae.org

कार्यालय खुल्ने समय: कन्सुलरको कार्यालय खुल्ने समय: बिहान ९:३० बजेदेखि दिउँसो १:३० बजेसम्म (आइतबाररदेखि बिहीवारसम्म)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई