मोहम्मद ईजहार शेष/असार २३, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बन्न दुईजना नेता पुगेपछि कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/असार २३, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बन्न दुईजना नेता पुगेपछि कार्"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रमुख अतिथिको बिषय बिबादित बनेपछि कार्यक्रम स्थगित

२३ असार २०७४, शुक्रबार १२:२३


मोहम्मद ईजहार शेष/असार २३, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बन्न दुईजना नेता पुगेपछि कार्यक्रम अनिश्चित कालका लागि स्थगित भएको छ । 

सरावल गाउँपालिकाका नवनिर्वाचित प्रमुख राधेश्याम चौधरीसँग सल्लाह नगरी निर्वाचन अधिकृतको कार्यालयले प्रमुख अतिथिको बिषय टुङ्गो नलगाई कार्यक्रम आयोजना गरेपछि कार्यक्रम बिवादित भई स्थगित भएको नवनिर्वाचित प्रमुख चौधरीले बताए । 

कार्यक्रममा प्रमुख अतिथि बन्न सांसद बिक्रम खनाल र पुर्व रक्षाराज्य मन्त्री रामबचन यादव पुग्नु भएको थियो । निर्वाचन अधिकृतको कार्यालय सरावलले प्रमुख अतिथिका लागि सांसद खनाललाई बोलाएको थियो भने नवनिर्वाचित प्रमुख चौधरीले नेता यादवलाई बोलाउनु भएको थियो ।

 तर निर्वाचन अधिकृतको कार्यालय सरावलले सपथ ग्रहण कार्यक्रममा सम्बन्धित क्षेत्रको सांसदलाइ कार्यक्रममा प्रमुख अतिथि बनाउने निर्देशन रहेकाले सांसद खनाललाई निमन्त्रण गरेको थियो भने नवनिर्वाचित प्रमुख चौधरीले ब्यक्तिगत रुपमा नेता यादवलाई बोलाउनु भएको थियो । 

यता यता निर्वाचन अधिकृतको कार्यालयले सांसद खनाललाई प्रमुख अतिथि बनाएर कार्यक्रम अगाडि बढाउन खोज्दा गाँउपालिका प्रमुख चौधरीले सांसद खनालको प्रमुख आतिथ्यतामा आफु सपथ नखाने बताएका छन् ।

 उक्त गाउँपालिकाको प्रमुखमा लोकतानित्रक फोरम र उप प्रमुखमा नेपाली कांग्रेस बिजयि भएको छ भने ४ वटा वडामा फोरम , दुईवटा वडामा कांग्रेस र एउटा वडामा माओबादी केन्द्र बिजयी भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ