मोहम्मद ईजहार शेष/असार २३, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बन्न दुईजना नेता पुगेपछि कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/असार २३, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बन्न दुईजना नेता पुगेपछि कार्"/>

2026-09-19 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रमुख अतिथिको बिषय बिबादित बनेपछि कार्यक्रम स्थगित


मोहम्मद ईजहार शेष/असार २३, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बन्न दुईजना नेता पुगेपछि कार्यक्रम अनिश्चित कालका लागि स्थगित भएको छ । 

सरावल गाउँपालिकाका नवनिर्वाचित प्रमुख राधेश्याम चौधरीसँग सल्लाह नगरी निर्वाचन अधिकृतको कार्यालयले प्रमुख अतिथिको बिषय टुङ्गो नलगाई कार्यक्रम आयोजना गरेपछि कार्यक्रम बिवादित भई स्थगित भएको नवनिर्वाचित प्रमुख चौधरीले बताए । 

कार्यक्रममा प्रमुख अतिथि बन्न सांसद बिक्रम खनाल र पुर्व रक्षाराज्य मन्त्री रामबचन यादव पुग्नु भएको थियो । निर्वाचन अधिकृतको कार्यालय सरावलले प्रमुख अतिथिका लागि सांसद खनाललाई बोलाएको थियो भने नवनिर्वाचित प्रमुख चौधरीले नेता यादवलाई बोलाउनु भएको थियो ।

 तर निर्वाचन अधिकृतको कार्यालय सरावलले सपथ ग्रहण कार्यक्रममा सम्बन्धित क्षेत्रको सांसदलाइ कार्यक्रममा प्रमुख अतिथि बनाउने निर्देशन रहेकाले सांसद खनाललाई निमन्त्रण गरेको थियो भने नवनिर्वाचित प्रमुख चौधरीले ब्यक्तिगत रुपमा नेता यादवलाई बोलाउनु भएको थियो । 

यता यता निर्वाचन अधिकृतको कार्यालयले सांसद खनाललाई प्रमुख अतिथि बनाएर कार्यक्रम अगाडि बढाउन खोज्दा गाँउपालिका प्रमुख चौधरीले सांसद खनालको प्रमुख आतिथ्यतामा आफु सपथ नखाने बताएका छन् ।

 उक्त गाउँपालिकाको प्रमुखमा लोकतानित्रक फोरम र उप प्रमुखमा नेपाली कांग्रेस बिजयि भएको छ भने ४ वटा वडामा फोरम , दुईवटा वडामा कांग्रेस र एउटा वडामा माओबादी केन्द्र बिजयी भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो