८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेत विमानस्थलमा जहाज अवतरण गर्न लाग्दा धावनमार्गमा कुकुर दौडिएपछि …

१ पुष २०८१, सोमबार १३:५९

सुर्खेत |काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको कलसाइन ९एन१२२ को विमान सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा असहज परिस्थितिको सामना गर्नु परेको छ।

सोमबार मध्यान्ह काठमाडौंबाट उडेको श्री एयरको कलसाइन ९एन१२२ जहाज अवतरणको क्रममा रनवेमा कुकुर देखिएपछि आपतकालीन स्थिति सिर्जना भएको हो। दिउँसो सवा १ बजे अवतरणका लागि तयारी गरिरहेको जहाज रनवेमा कुकुर दौडिन थालेपछि रोकिएको थियो।

पाइलटले समयमै निर्णय लिँदै जहाजलाई ओभरसुट गरी सम्भावित दुर्घटना टार्न सफल भए। जहाजले छिन्चुको आकाशमा तीन पटक परिक्रमा गरेपछि सुर्खेत विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्‍यो।

सकुशल अवतरणपछि यात्रुहरूले राहतको श्वास फेरेका छन्। अहिले उक्त जहाज सुर्खेतबाट पुनः काठमाडौंका लागि उडिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता