2026-06-30 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जडीबुटीखेतीबाट आम्दानी लिँदै कञ्चनपुरका किसान

2017-07-08

असार २४, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ जुडाका किसान क्यामामाइल जडीबुटीखेतीमा संलग्न भएका छन् । 

क्यामामाइलको उत्पादित सुगन्धित तेल सहजै बिक्री हुन थालेपछि यहाँका किसान उक्त खेतीमा संलग्न भएका हुन् । उत्पादित तेल नेपालगञ्जका व्यापारीले प्रतिलिटर रु ४० हजारका दरले किसानको घरबाटै खरिद गर्न थालेपछि क्यामामाइलको खेतीमा संलग्न किसान उत्साहित भएका छन् । 

यहाँका २२ जना किसानले झन्डै दश बिगाहा खेतमा क्यामामाइल खेती गरेका छन् । यस वर्ष रु सात लाख ३३ हजार बराबरको १८ लिटर तेल किसानले बिक्री गरेका स्थानीय कालुसिंह ठगुन्नाले बताउनुभयो । बीस हजार रुपैयाँ बराबरको अन्न उत्पादन हुने एक बिगाहा खेतमा क्यामामाइल खेती गरेर किसानले छ महिनामै रु एक लाख ६० हजारसम्म आम्दानी गरेका उहाँले बताउनुभयो । 

क्यामामाइल खेती गरेर उत्पादित तेल बिक्री हुन छाडेपछि तीनवर्ष अघि वैदेशिक रोजगारमा संलग्न भएका रतनबहादुर ठगुन्नाले पुनः क्यामामाइल खेती गर्न थाल्नुभएको छ । सुगन्धित तेलले बजार पाउन थालेको जानकारी पाएपछि मलेसियाबाट घर फर्केर पुनः क्यामामाइलखेती गरेको उहाँको भनाइ छ । यस वर्ष थोरै जग्गामा लगाइएको क्यामामाइलबाट रु एक लाख १० हजार आम्दानी गरेको ठगुन्नाको भनाइ छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका यहाँका बासिन्दाले खेतबारीमा लगाएको अन्नबाली जनावरले खाएर हैरानी पार्न थालेपछि त्यसको विकल्पका रुपमा नौवर्ष अघिदेखि जडीबुटीखेती गर्दै आएका थिए । व्यापारीले उत्पादित तेल सस्तोमै खरिद गर्न थालेपछि लगानीनै नउठने भएपछि खेती गर्न छाडेका थिए । 

अन्नभन्दा कयाँैं गुणा बढी आम्दानी क्यामामाइल जडीबुटी खेतीले दिने भएकाले जडीबुटी खेतीमा संलग्न भएको स्थानीय वीरसिंह ठगुन्नाले बताउनुभयो । “उत्पादित जडीबुटी नै बिक्री हुन छाडेपछि भारत जान थालेका थियौंँ, बजार पाइएपछि पुनः फर्केर क्यामामाइल खेती गर्न थालेका छौंँ ।” 

व्यापारी र किसानले उत्पादन गरेको सुगन्धित तेल भारत, चीन र थाइल्यान्डलगायत देशमा निर्यात गर्न थालेका छन् । जडीबुटी प्रशोधन गर्नका लागि राखिएका दुई प्लान्टमध्ये एउटा मात्रै सञ्चालनमा रहेको छ । भारतको लखनउबाट रु १८ लाखमा खरिद गरेर ल्याइएको प्लान्टमा लामो समयदेखि जडीबुटी प्रशोधन नहुँदा बिग्रिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ