Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बक्स अफिसमा ‘पुष्पा-२’ को आँधी, कति पुग्यो कलेक्सन ?

२०८१, २ पुष मंगलवार १३:१४

काठमाडौँ | दक्षिण भारतीय स्टार र अल्लु अर्जुनको फिल्म पुष्पा २ ले बक्स अफिसमा कमाइको आँधी नै ल्याएको छ । फिल्मले धमाधम रेकर्डतोड कमाई गरिरहेको छ । रिलिजको दोस्रो सप्ताहन्तसम्म फिल्मले विश्वभरमा १४०० करोड भारुभन्दा धेरै कमाएको छ ।

१३ डिसेम्बरमा, सन्ध्या थिएटरमा विशेष शोको क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु र उनको छोराको आईसीयूमा उपचार भएको घटनाले फिल्मको कमाइ घट्ने अनुमान गरिएको थियो। तर, उल्टो फिल्मको कमाइमा सुधार आएको छ। 

सो घटना पछि अल्लु अर्जुन पक्राउ परेका थिए। तर उनी प्रत्यक्ष जिम्मेवार नभएको पुष्टि भएपछि रिहा भएका छन्। उनले मृतकको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेपछि उनका लागि सहानुभूति बढेको छ। यसले फिल्मको प्रचारलाई झनै बलियो बनाएको ट्रेड एक्सपर्टहरूको भनाइ छ।
सोमबार ११ दिनमा भारतमा फिल्मले ७६ करोड ६० लाख भारु कमाएको थियो । योसँगै फिल्मको कमाई ९०२ करोड १० लाख भारु पुगेको छ । विदेशमा फिल्मको ११ दिनमा १४०० करोड भारु नाघेको फिल्मका मकरहरूले बताएका छन् । फिल्म छिट्टै १५०० करोड पार गर्ने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश