२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवलाई एमालेले भन्यो: हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला

३ पुष २०८१, बुधबार १६:५५

काठमाडौँ | केही वर्षदेखि राष्ट्रिय एकता अभियानको नेतृत्व गरिरहेका नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम आफ्नो अभियानलाई विश्राम दिने मनस्थितिमा पुगेका छन् ।

उनी एकता अभियानको दलबलसहित छिट्टैनै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । एकीकृत समाजवादीको मंगलबार सकिएको स्थायी समितिको बैठकले वामदेवलाई पार्टीमा भित्र्याउने इच्छा देखाएपछि उनी सोही पार्टीमा जाने तयारीमा जुटेका हुन् ।

भैसेपाटीस्थित आफ्नै निवासमा एकता अभियान नामको पार्टी कार्यालय खोलेर बसेका गौतम नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमध्ये सुरुमा जसले बोलाउँछ त्यसैमा जाने तयारीमा थिए । पटक-पटक नेकपा एमालेमै फर्किने कोशिस गरेका गौतम सफल भएनन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेटेर पार्टीमा भित्र्याउन आग्रहसमेत गरेका थिए । तर, एमालेले भाउ दिएनन् । एमालेले भाउ नदिएपछि गौतमले एकीकृत समाजवादीमा जाने मनस्थिति बनाएका हुन् ।

स्रोतका अनुसार एकीकृत समाजवादीमा वरिष्ठ नेताको पद लिएर जान लागेका गौतमले भोलि समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने तयारी गरेका छन् । गौतम र नेपालबीचको भेट भोलिका लागि तय भएको र भोलि नै यस विषयमा निर्णय हुने बताईएको छ ।

यता एकीकृत समाजवादीमा जान लागेका गौतमलाई नेकपा एमालेले भने अलमल्याउने प्रयास गरेको छ । एमालेका दोस्रो तहका केही नेताहरुले गौतमलाई फोन गरेर तत्काल एकीकृत समाजवादीमा नजान भनेका छन् । एमाले महासचिव शंकर पोख्रेल, उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले फोन गरेर तत्काल पार्टी प्रवेशको निर्णय नलिन आग्रह गरेका हुन् ।

‘केही समय कुर्नुहोला । हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला । केही समय धैर्य गर्नुहोला’ एमाले नेताको भनाइ उदृत गर्दै स्रोतले भन्यो । पार्टीमा भित्र्याएर भैसेपाटी क्षेत्रको इन्चार्ज बनाउन भन्दा समेत नमानेको तर,अहिले रोक्ने प्रयास गरेको भन्दै वामदेवले भने असन्तुष्टि पोखेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन