८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ सतुंगलमा कोठाभित्र सडिगलिसकेको अवस्थामा किशोरीको शव फेला, एक युवक पक्राउ

४ पुष २०८१, बिहीबार १२:०९

काठमाडौँ | काठमाडौँ को सतुंगलमा एक जना किशोरीको हत्या भएको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटको एक घरमा किशोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

धादिङ गजुरी गाउँपालिका वडा नम्बर ४ घर भई खरिबोटस्थित एक घरको भुई तलामा डेरा गरी बसेकी १७ वर्षीया सरिता तामाङको शव बुधबार दिउँसो १ बजे फेला परेको हो। उनको हत्या आरोपमा प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १४ खड्का गाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको छ।

सरिता नैकापको बिष्णुदेवी शिक्षा सदन माविमा कक्षा १० मा पढ्थिन्। उनी मंसिर २९ गते मध्यराति देखि हराइरहेकी थिइन्। उनी बस्ने कोठामा बाहिरबाट ताला लगाइएको थियो। आफ्नी बहिनी हराएको भन्दै सरिताका दाइ नवीन रूम्बा तामाङले गत सोमबार (पुस १ गते) दिउँसो प्रहरी वृत्त थानकोटमा निवेदन दिएका थिए।

त्यस निवेदन परेपछि प्रहरी परिसर र मातहत कार्यालयहरूले खोजी गरिरहेको थियो। खोजी गर्ने क्रममा बुधबार अपराह्न ३ बजेतिर प्रहरी डेरा कोठामा पुगेको थियो। डेरामा बाहिरबाटै चुकुल लगाइएको कोठामा गन्ध आइरहेको थाहा पाएपछि खोलेर हेरेको थियो। त्यस कोठामा रहेको खाटमुनि शव राखिएको अवस्थामा फेला परेको एसपी अधिकारीले बताए।

‘शव सडिगलिसकेको अवस्थामा थियो, हत्यापछि लो बेड मुनि राखेर बाहिरबाट ताला लगाएको देखिन्छ,’ उनले भने, ‘ताला लगाइएको हुँदा बहिनी बाहिर गएको होला भनेर दाइले सोचेको देखिन्छ।’

केही दिनसम्म कोठाभित्रै रहेको हुँदा शव गलिसकेको उनको भनाइ छ। यस्तै हत्याको कारणबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीलाई दिएको प्रारम्भिक अनुसन्धानमा सामान्य विवादमा सरिताले गाली गरेर हातपात गरेको र त्यसक्रममा आफूले कुटपिट गरेको भनेर विश्वासले प्रहरीसमक्ष भनेका छन्। एसपी अधिकारीका अनुसार पक्राउ परेका विश्वास पनि मृतकका नातेदार पर्छन्।

प्रहरीले मृतकको मोबाइल पनि विश्वासबाट बरामद गरेको छ। शव पोष्टमर्टमको लागि शिक्षण अस्पतालमा लगिएको छ। पोष्टमर्टमबाट मृत्यु कसरी भएको भन्नेबारे खुल्ने प्रहरीले जनाएको छ। प्रहरी वृत्त थानकोट र परिसरले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै