Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतका धेरैजसो रेकर्ड ‘पुष्पा २’ को नाममा, ‘बाहुबली २’ पनि छुट्यो पछाडि

२०८१, ४ पुष बिहीबार १२:५४

मुम्बई । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज भएको १४ दिन पुगेको छ र केही दिनमै फिल्मले भारतीय फिल्म उद्योगको बक्स अफिसका लगभग सबै रेकर्ड तोडेको छ ।

तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दीमा गत डिसेम्बर ५ मा रिलिज भएको ‘पुष्पा २’ ले आफ्नो रिलिजको ११ औं दिनमा ‘केजीएफ २’ को ८५९.७ करोडलाई उछिनेर भारतको सबैभन्दा धेरै कमाउने फिल्महरूको सूचीमा दोस्रो स्थानमा पुगेको थियो ।

‘पुष्पा २’ ले रिलिजको एक दिन अघि अर्थात ४ डिसेम्बरमा १०.६५ करोड कमाएको थियो । ‘पुष्पा २’ अहिले दोस्रो सातावाट अघि बढेको छ । जसका कारण चलचित्रको दैनिक कमाई घटेपनि चलचित्रले दैनिक २० करोडभन्दा बढी कमाई गरिरहेको छ ।

‘पुष्पा २’ ले बक्स अफिसका सबै कीर्तिमान तोडेको भएपनि २०१७ मा एसएस राजामौलीको फिल्म बाहुबलीले बनाएको फिल्मको अगाडि पहाडजस्तै रेकर्ड भने कायम छ ।

सैकनिल्कको अनुसार प्रभासको फिल्म बाहुबलीः २ ले भारतमा १०३०.४२ करोडको लाइफटाइम कलेक्सन गरेको थियो। ‘पुष्पा २’ बक्स अफिसमा जुन गतिमा चलिरहेको छ, त्यो हेर्दा यो कीर्तिमान पनि छिट्टै तोड्ने देखिन्छ ।

समग्र कमाईको मामिलामा ‘पुष्पा २’ ‘बाहुबली २’ भन्दा पछाडि भए पनि फिल्मले हिन्दीमा कलेक्शनको हिसाबले प्रभासको फिल्मको कीर्तिमान तोडेको छ । बाहुबलीः २ ले हिन्दीमा ५१०.९९ करोड कमाएको थियो भने पुष्पा २ ले अहिलेसम्म हिन्दीमा ५९१.१ करोड कमाइसकेको छ ।

‘पुष्पा २’ ले शाहरुख खानको हिन्दीमा सबैभन्दा धेरै कमाउने फिल्म जवानको कीर्तिमान पनि तोडेको छ । जवानले ५८२.३१ करोड कमाएको थियो । जुन अहिले ‘पुष्पा २’ भन्दा पछाडि छ ।

पुष्पा २ सन् २०२१ मा रिलिज हुने फिल्म पुष्पा द राइजको अर्को पार्ट हो। यी दुवै फिल्मलाई सुकुमार र अल्लु अर्जुनले निर्देशन गरेका हुन्, दुवै फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल महत्वपूर्ण भूमिकामा छन्। चलचित्रको कथा चन्दन तस्करी गर्ने र यस क्षेत्रको सबैभन्दा शक्तिशाली माफिया बन्ने पात्रको कथा हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू