२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा कोठाभित्रै सरिताको हत्या: सरिताकै नाता पर्ने विश्वास पक्राउ, मोबाइलबाट खुल्यो पोल

४ पुष २०८१, बिहीबार १५:३५

काठमाडौँ | चन्द्रागिरि नगरपालिका–१० सतुंगल खरिबोट बस्ने धादिङको गजुरी गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरी सरिता तामाङको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

हत्या आरोपमा सरिताकै नाता पर्ने गजुरी–३ घर भई काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको हो ।

२९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाइ नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । तामाङको खोजी गर्ने क्रममा प्रहरीले पुस ३ गते दिउँसो ३ बजेतिर उनको शव उनकै कोठाभित्रै फेला पार्यो । सरिता सोही घरमा भाडामा बस्ने गरेकी थिइन् ।

शव भेटिएपछि यो घटनामा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सरिताले मोबाइल पनि प्रयोग गर्ने गरेकी उनका आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले मोबाइलमा केन्द्रित भएर अनुसन्धान अघि बढायो ।

मोबाइल पत्ता लगाएपछि अभियुक्तको पहिचान गर्न सफल भएको परिसरका एक अनुसन्धान अधिकृतले बताए । परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार अनुसन्धानका क्रममा मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटियो । त्यसपछि विश्वासले घटनाबारे स्वीकारेको एक अनुसन्धान अधिकृतले बताए ।

सरिता र विश्वास नाताभित्रकै व्यक्तिहरूसमेत हुन् । उनलाई कोठाबाटै बुधबार राति साढे ९ बजे पक्राउ गरिएको हो । उनले हत्या स्वीकार गर्दै सामान्य विवाद हुँदा भवितव्य परेर घटना भएको दाबी गरेका छन् । सरिताको मृत्यु भएपछि लो–बेड (सुत्ने खाट) भित्र शव लुकाइएको थियो ।

आज काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह