Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको हिरासतको तस्बिर भाइरल भएपछि रन्जिताको टिप्पणी– रेशममाथि विभेद भएको रहेछ

२०८१, ४ पुष बिहीबार १६:३२

काठमाडौँ | प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्बिर सार्वजनिक भएपछि रास्वपाका समर्थकहरूले लामिछानेमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै सरकारको आलोचना गरिरहेका छन्।

यसै क्रममा, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले पनि प्रतिक्रिया जनाएकी छिन्। उनले आफ्ना श्रीमान् रेशम चौधरीलाई प्रहरी नियन्त्रणमा राखिएका बेला अस्पतालको शय्यामा फलामको शिक्री बाँधिएको तस्बिर सेयर गर्दै अहिलेको कारागारमा धेरै सुविधा रहेको टिप्पणी गरेकी छिन्।

रन्जिता श्रेष्ठले लेखेकी छिन्, “रेशम चौधरी यसरी बस्नु हुन्थ्यो, अहिले त धेरै सुख–सुविधा हुने रहेछ कारागारमा। पूर्व गृहमन्त्री माननीय रवि ज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथि भने विभेद भएकै हो जस्तो लाग्यो।”

रेशम चौधरी टिकापुर घटनामा दोषी ठहर भई सांसद रहेका बेला पक्राउ परेका थिए। त्यसबेला खुट्टामा शिक्री बाँधिएको अवस्थाको तस्बिरले व्यापक चर्चा पाएको थियो।

श्रेष्ठले चौधरीमाथि भएको व्यवहारलाई विभेदपूर्ण बताउँदै, आफ्नो पार्टी नागरिक उन्मुक्ति पार्टीका जन्मदाता चौधरीलाई पनि जननिर्वाचित सांसदकै रूपमा सम्मान पाउनुपर्ने धारणा राखेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा