काठमाडौँ | पोखराको सूर्यदर्शनल गायतका सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
आइतबार जिल्ला अदालत कास्कीमा दीपेशसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । दीपेशलाई फरार प्रतिवादी बनाईएको कास्की अदालत स्रोतले जनाएको छ । पूर्व उपराष्ट्रपति पुत्र रहेका दीपेश प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका निवर्तमान महासचिवसमेत हुन् ।