२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ

७ पुष २०८१, आईतवार १७:१३

काठमाडौँ | नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी अनलाइन बेटिङ गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना भारतीय नागरिक हुन्।

शनिबार सम्पन्न जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेलमा सट्टेबाजी गराएको आरोपमा २ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश आग्रा सिकान्द्रा पञ्चायत घर भई हाल काठमाडौंको टोखा नगरपालिका ३ ग्राण्डी टावरको नेप्चुन बिल्डिङमा बस्ने ४७ वर्षका हरिस जावा र सोही ठाउँका ऋषि मातन रहेको काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

उनीहरुको साथबाट प्रहरीले सट्टेबाजी गराउन प्रयोग भएका ५ वटा मोवाइल, एउटा ल्यापटप, एनसेलका ८ वटा सिम, हरिसको भारतीय राहदानी, आधार कार्ड, ऋषिको आधारकार्ड र भोटिङकार्ड बरामद गरेको छ।

यसअघि पनि एनपीएलमा बेटिङ गराएको आरोपमा प्रहरीले केही भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै