२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन

७ पुष २०८१, आईतवार १७:३१

काठमाडौँ | पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी आफ्नो नहुने बयान दिएका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा उनीसहितका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको छ । तर लामिछाने आफूमाथि लागको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयमा इन्कारी बयान दिएका छन् ।

सहकारीमा आफ्नो नाममा पोखरा ८ सृजनाचोक ठेगाना लेखेर एक करोड ऋण देखाइएको उनले बयानमा उल्लेख गरेका छन् ।

लामिछानेले सहकारीबाट रकम लिने कार्यमा आफू कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी आफ्नो नरहने बयान दिएका छन् ।

यस्तो छ लामिछानेको दिएको बयान

२०७७ असार ३१ गते सहकारीमा नामथर रवि लामिछाने, ठेगाना पोखरा ८ सृजनाचोक लेखेर एक करोड ऋण देखाइएको भन्ने कुरा यसै वित्तीय विश्लेषण र संसदीय समितिमा बयान दिन जाँदाको क्रममा आधिकारिक रूपमा थाहा पाएको हुँ ।

सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन । सहकारी संस्थाबाट मैले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथा ताकेता आउनुपर्ने थियो, गैर कानूनी ढंगबाट ऋण लिइएको मलाई जानकारी छैन ।

मलाई जानकारी भएको खण्डमा यिनिहरूको कर्तुत बाहिर आउने डर समेत राखि योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत क्यापिटलाइज गरिएको रहेछ भन्ने उल्लेख गरेको, रवि लामिछानेको नाउँमा सहकारीको कम्प्युटर लेखा प्रणाली सिष्टममा अभिलेखिकरण गरिएको रवि लामिछानेको नाम उल्लेख भई खोलिएको बचत र ऋण खाता मेरो उपस्थिति, मन्जुरी र जानकारीमा खोलेको अवस्था नभएको तथा उक्त खाता खोल्दा कम्प्युटर प्रणालीमा पूर्ण विवरण समेत भरेको नपाइएको हुँदा सो खातामा रवि लामिछानेको हुने कुरै भएन ।

म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन । उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन ।

गोर्खा मिडियामा प्रवन्ध निर्देशकको आधिकारिक जिम्मेवारी मिति २०७७ पुस २५ गतेको निर्णय बमोजिम मिति २०७७ पुस ३० गते नियुक्ति पत्र सहित दिइएको थियो, गोर्खा मिडिया नेटवर्कको कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राई समेतले मलाई टेलिभिजनमा लैजादै गर्दा १५ प्रतिशत स्वेट शेयर, आकर्षक एडभान्स र तलब सहितको सेवा सुविधा दिने भनि विश्वास दिलाई सहमति र सम्झौता समेत गरी लैजानु भएको हो । जसकारण कम्पनीको सञ्चालकहरू गितेन्द्र बाबु राई र छविलाल जोशीले शेयर बाँडफाँडको कार्य गर्दै रहँदा सहमति र सम्झौता अनुसार मलाई मिति २०७७ चैत महिना देखि १ प्रतिशत ५ शेयर सदस्यमा समेत राख्नु भएको उल्लेख गरेका हो ।

उक्त कम्पनीमा २०७९ असार १ गतेसम्म रही मलाई कम्पनीबाट उपलब्ध गराइएको निःशुल्क शेयरलाई कुनै पनि पैसा नलिइकन जस्ताको तस्तै कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईलाई फिर्ता गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट आधिकारीक रूपमा शेयर सदस्यबाट र कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको सल्लाह बमोजिम नै टेलिभिजनबाट प्रवन्ध निर्देशकको जिम्मेवारीबाट समेत राजिनामा दिएर अलग भएको हुँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै