१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतिहास रच्दै ‘पुष्पा–२’, १९ औँ दिनमा आइपुग्दा कति कमायो?

९ पुष २०८१, मंगलवार १५:२०

काठमाडौँ | अल्लु अर्जुनको नेतृत्वमा बनेको व्यावसायिक एक्सन फिल्म ‘पुष्पा २: द रुल’ ले विश्वव्यापी बक्स अफिसमा १९ दिनमै १,६०७.४८ करोड भारतीय रुपैयाँको व्यापार गर्दै इतिहास रचेको छ।

यो उपलब्धिसँगै ‘पुष्पा २’ भारतीय फिल्म ‘दंगल’ र ‘बाहुबली २’ पछि १,६०० करोड पार गर्ने तेस्रो भारतीय फिल्म बनेको छ।

तेलगु भाषामा मात्रै यस फिल्मले ३०७ करोड भारुको व्यापार गरेको छ । यस अवधिमा हिन्दी भाषाबाटै मात्र यस फिल्मले भारु ६९० करोडको ग्रस कलेक्सन गरेको ।

फिल्मले पहिलो सातामा विश्वव्यापी रूपमा १,०३२ करोडको व्यापार गरेको थियो। दोस्रो सातामा फिल्मले २६४.८ करोड संकलन गरेको थियो। १९ औँ दिनमा आइपुग्दा पनि यस फिल्मले हिन्दी भाषामा १० करोड माथिको व्यापार गरेको छ ।

अबको केही दिनमै यो फिल्म हिन्दी भाषामा कलेक्सनका ७०० करोड क्लबमा प्रवेश गर्ने पक्का भएको छ ।

भारतीय मिडिया अमर उजालाका अनुसार ७०० करोडमा प्रवेश भएको अवस्थामा यो फिल्मले कीर्तिमान राख्नेछ । भारतीय फिल्मको इतिहासमा अहिलेसम्म कुनै हिन्दी भाषामा मात्रै यो आँकडा पार गर्न सकेका छैनन् ।

फिल्मले क्रिसमसको छुट्टीमा पुनः व्यापारमा सुधार गर्ने अनुमान गरिएको छ। यसबीच, बेरी जेनकिन्सद्वारा निर्देशित ‘मुफासा: द लायन किंग’ ले घरेलु बक्स अफिसमा कमजोर प्रदर्शन गरिरहेको छ। पाँच दिनमा ‘मुफासा’ ले केवल ५० करोडको नजिक मात्र व्यापार गर्न सकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार