१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा

१० पुष २०८१, बुधबार ०९:३५

काठमाडौं । नेपाली फिल्म ‘देववाणी’ आज (बुधबार) बाट देशभर प्रदर्शनमा आउँदै छ ।

आफू अभिनित नेपाली फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि बलिउड अभिनेता ह्यारी जोश हिजै नेपाल आएका छन् ।

क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि नेपाल आएका ह्यारी जोशले आज बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा दर्शकसँगै फिल्म हेर्नेछन् ।

भारतीय फिल्महरू वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङ लगायतका फिल्ममा काम गरेका अभिनेता ह्यारीले काठमाडौँ विमानस्थलमा ओर्लिए लगत्तै आफूलाई नेपाल र नेपाली अत्याधिक मन पर्ने भन्दै नेपालीमा समेत तारिफ गरेका थिए ।

उनले थुप्रै बलिउड र तेलुगुका हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनले केही दिन काठमाडौँमा रहेर उक्त फिल्मको प्रचारप्रसार गर्नेछन् । मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी बताउँछन् ।

निर्देशक बलामीका अनुसार बुधबार र बिहीबार जोशले हल भिजिट गर्नेछन् । बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन् । त्यसपछि उनी इलाम पुगेर स्थानीय हलमा दर्शकसँगै फिल्म हेर्नेछन् । त्यसपछि उनी मुम्बई फर्किने योजना छ ।

मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको पनि अभिनय छ ।

फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको निर्मात्री समेत रहेकी नायिका अनुजा लेप्चाले बताइन् । नेपालमा क्यूएफएक्स लगायतका हलले शो खुलाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार