2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय नागरिकको सहयोगमा साउदीमा बन्धक बनेकी कमलाको यसरी भयो उद्धार


असार २७, काठमाडौँ । साउदी अरबको तावुकबाट भक्त हमालले झापाका विशाल श्रेष्ठलाई एउटा नम्बर उपलब्ध गाराउँदै भने, ‘यो नम्बर भारतीयले बोक्छ । एक नेपाली चेलीलाई ८ बर्षदेखि बन्धक बनाएर रोखेको छ । उद्धार गर्नुपर्यो ।’

श्रेष्ठले धेरैपटक फोन गर्दा पनि नउठेपछि सन्देश पाठाए । आधा घण्टामै सम्पर्क भयो । नम्बर भारतीय युवतीको रहेछ ।

‘हामी एउटा आमाछोरीको घरम काम गर्छौ’, ती युवतीले आफ्नो भाषामा भनिन् – ‘उन (नेपाली युवती) लाई बाहिर कसैसँग सम्पर्क गर्न दिइएको छैन । कहिलेकाहीं मालिक्नीको आमाको घर जाँदा मैले मात्र भेट्छु ।’

ती युवतीले नेपाली युवतीलाई खुसुक्क आफ्नो मोवाइल दिइन् । ८ बर्षदेखि बन्धक रहेकी ती युवती थिइन्, पाल्पा दोभान २ की ३९ बर्षीया कमला दर्लामी मगर । दर्लामीलाई श्रम शोषण र बन्धक बनाएर राखेको खबर ती युवतीले भारतमा रहेका आफ्ना दाजुलाई सुनाएकी थिइन् । उनका दाजुले नेपालमा सम्पर्क गरेर परिवारलाई सूचना दिए ।

साउदी गएदेखि सम्पर्क विहीन मगर जीवितै रहेको खबर पाएलगत्तै परिवारले साउदीमौ रहेका छिमेकी भैरवसिंह सुनारलाई बुझ्न लगाए । उनी तावुकमा ड्राइभरको काम गर्थे । ती युवतीको नम्बर उनैले हमाललाई उपलब्ध गराएका थिए ।

कमलाले पहिलोपटक श्रेष्ठसँग फोनमा निकै मधुरो स्वरमा कुरा गरिन् । आफु त्यो घरबाट भागेर आउन नसक्ने बताइन् । साउदी मालिक/परिवारले थाहा पाउँछन् भनेर डराइरहेकी कमलासँग लामो कुरा हुन पाएन ।

त्यसपछि भने घरबाट भगाएर दूतावास लैजाने योजना बनाए श्रेष्ठले । कमला बस्ने किबाबाट रियादस्थित नेपाली दूतावास करिब ६० किमि टाढा थियो । 

श्रेष्ठ आफैले गाडीमा हालेर लैजान सक्ने अवस्था थिएन । बाटोमा प्रहरीले पक्रिहाले सिधै जेल जानुपर्ने खतरा थियो । श्रेष्ठ अलग्गै सिमबाट समस्यामा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा नेपाली दूतावासँग समन्वय गर्थे । त्यसैबाट कमलाको विषयमा दूतावासलाई जानकारी गराए । कमलालाई ल्याउन घरसम्मै गाडी पठाउन दूतावास तयार भयो ।

कमला बसेको घरको लोकसन भारतीय युवतीले दिइन् । कमलालाई घर अगाडिसम्म आइपुग्ने समय दिएर तयार भएर बस्न लगाए । किबा निकै पुरानो गाउँ थियो । गाडीको आवतजावत कम हुन्थ्यो । कमलाको घर अगाडि दूतावासको गाडी पुग्यो । श्रेष्ठले अलि टाढा नै गाडी रोके । 

कमला घरबाट निस्केर दूतावासको गाडी चढ्नै लाग्दा साउदी नागरिकको गाडी आएर छेकिहाल्यो । उनीहरु केरकार गर्न थाले । श्रेष्ठ त्यो देख्नेवित्तिकै भागिहाले ।  साउदी नागरिकले प्रहरीलाई खबर गरिदिए । पहरीले दूतावासको गाडी र कर्मचारीलाई नियनत्रणमा लियो । साउदी अरबमा घरेलु कामदारलाई मालिकको सहमतिबिना लैजान नपाउने नियम छ ।

प्रहरीले दुई दिनसम्म गाडी नियन्त्रणमा राख्यो । दूतावासका कर्मचारीले नेपालीलाई बन्धक बनाएर राखेको भन्दै स्वदेश पठाइदिन प्रहरीसमक्ष अनुरोध गरे ।

कामदारलाई स्वदेश पठाइदिन मालिक पनि तयार भए । ‘कसरी साउदीमा जिवन कटाएँ । त्यसको लेखाजोखा छैन’, कमलाले भनिन्, – ‘देश फकिृन पाएँ । नयाँ जिन्दगी पाएको छु । यसैमा खुशी लागेको छ ।’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई