२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिपका चार यात्रु तीन दिनसम्म अझै बेपत्ता

२७ असार २०७४, मंगलवार ०४:३०

असार २७, पाल्पा । पाल्पाको तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु तीन दिनसम्म अझै फेला परेका छैनन् । 

पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ स्थित अमलेनमा पुलबाट आइतबार लु १ ज १७१२ नम्बरको जिपसहित चार यात्रुलाई बाढीले बगाउँदा दुई महिला र दुई पुरुष तिनाउ खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ । 

पाल्पामा वर्षाका कारण खोलामा पानीको बेग बढेकाले बेपत्ताको खोजी कार्य सफल हुन नसकेको हो । प्रहरीले जिपको सिट भेटृाए पनि जिप र चार यात्रु अझै फेला पार्न नसकेको हो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले तिनाउ खोलाको चरचरे, झुम्सा र अमलेनमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका नायब प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी गराउनुभयो । 

तानसेन नगरपालिकाको भुसलडाँडा बस्ने २६ वर्षीया उषा श्रेष्ठ, माथागढी गाउँपालिका–१ का २३ वर्षीय तिलविर गाहा, सोही स्थानका ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुवर मगरलाई आइतबारदेखि तिनाउ खोलामा बगाएको हो । गाडी चालक शक्ति श्रेष्ठको भने उद्धार गरी ज्यान जोगिएको छ । 

तीनदिन अघिसम्मको अविरल वर्षाका कारण माडी क्षेत्र डुबानमा परेको छ । तानसेन नगरपालिकाका तीन घर अति जोखिममा रहेका छन् । पाल्पाको माडी क्षेत्रमा वर्षेनी डुबानको समस्या हुने र पुलमा मानिस बगाउँदै आएको स्थानीय बासिन्दा बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै