१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’

१२ पुष २०८१, शुक्रबार १३:५८

काठमाडौँ | चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा चार मुख्य पात्रहरूलाई रमाइलो मुद्रामा देखाइएको छ, जसले चलचित्र हास्यरसमा आधारित रहेको सङ्केत गर्दछ। पोस्टरमा फिल्मका मुख्य पात्रहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङलाई बास्केटबल कोर्टमा रमाइलो गरिरहेको देखाइएको छ।

फिल्मको पोस्टरसँगै रिलिज मिति समेत सार्वजनिक गरिएको छ। फिल्म आगामी फागुन २३ गते रिलिज हुने भएको छ।

‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ को सफलतापछि निर्माण गरिएको हो । यसले युवा पुस्तामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।

फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी, सह–निर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार