काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
पार्टीले विभागहरूलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृ संगठनलाई क्रियाशील बनाउने र आवश्यक कार्य गरी विभिन्न तहको अधिवेशन सम्पन्न गरी तोकिएको समय सीमा भित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्न परिपत्र गरे बमोजिम गठित विभागहरूको बैठक चलिरहेको उनले बताएका छन्।
जसपा नेपालले पुस ८ देखि पुस २४ गतेसम्म गठन भएका विभागहरूको बैठक पालै पालो बस्ने गरी बोलाएको छ। गठन भएपछिको अधिकांश विभागको पहिलो पटकको बैठक भएको हुनाले बैठकबाट सम्बन्धित विभागले आवश्यक पदाधिकारी चयन गर्ने गरेको उनको भनाइ छ।