२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्त नगरमा १ सय ४६ उम्मेदवारको धरौटी जफत

२०७४, २७ असार मंगलवार १३:४९

असार २७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको पहिलो भीमदत्त नगरपालिकामा १ सय ४६ जना उम्मेदवारको धरौटी जफत भएको छ । 

९ प्रमुख र ९ उपप्रमुख सहित वडाध्यक्ष, सदस्य गरि १ सय ४६ जना उम्मेदवारको धरौटी जफत भएको हो । राजनीतिक दल र स्वतन्त्रबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारले कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएका कारण मनोनयन शुल्क जफत भएको हो । 

मेयर पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका मञ्जु दमाईले ५७, संयुक्तका गुलाफ आउजी ४१, राष्ट्रिय जनमुक्ती पार्टीका भानुराम सार्की २६, नेपाल पुर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका तेजसिह थापा ३३, मधेशी जनाधिकार फोरमका मन्सा डगौरा ३२, मालेका धौली मल्ल ५२, नयाँ शक्ति पार्टीका माया नेगी ४८ र स्वतन्त्रद्वय कृष्णानन्द भट्ट १७, तिलक भट्टले २७ मत प्राप्त गरेका छन् । 

उप मेयर पदका उम्मेदवार नेपाल पुर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका गोदाबरी मडै ४६, राष्ट्रिय जनमुक्ती पार्टीका दिपा सुनार १८, संयुक्तका तुलसी धामी ५१, नयाँ शक्तिका गोमती पुजारा ७२, जनमोर्चाका नरेन्द्र जोशी १९१, राप्रपाका खन्जरादेवी कुँवर २ हजार २७७, फोरमका सुनिला चौधरी २९, मालेका गोर्बधन श्रेष्ठ ८९ र स्वतन्त्रका अयान्त जोशीले ८४ मत ल्याएका छन् । 

नगरको वडाध्यक्षमा राप्रपाका तर्फबाट धन बहादुर चन्द ६६, नन्दराम धानुक ९९, कृष्ण मुरारी चटौत ६६, हरिहर पाण्डे २४९, दान बहादुर कार्की ३२, अञ्जु कुमारी नेपाली २७, ठगसिह धामी १११, दान बहादुर पाल १९४, धर्मानन्द भट्ट १०१, जहरलाल सिह धामी १०८, फुन्चे नाथ ११९, पुशपती चन्द १०५, दामुराम कोली १ र बहादुर सिह विष्टले १०मत ल्याएका छन् । 

नगरको वडाध्यक्षमा माओवादी केन्द्रका तर्फबाट गौरसिह धामी, सिद्धु दमाई १०७, अम्बादत्त भट्ट १५५, गोरख बहादुर सिह ६२, कृष्ण ओड २१मत ल्याएका छन् । जनमोर्चाका तर्फबाट ईन्द्रलाल दमाई ८, देवसिह कार्की २२, सेवकदेवी कामी १९, राजेन्द्र गिरी ४, नर बहादुर ओडले ६मत ल्याएका छन् । नेकपा संयुक्तका सकुन्तला देवी भट्ट १०, बिमला सुनारले ३ मत यस्तै पुर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका तर्फबाट रामदत्त जोशी २, धिरेन्द्र बहादुर चन्द २१, हरिसिह विष्टले २६५मत ल्याएका छन् । स्वतन्त्रका बिर बहादुर खडका ३५, दिल बहादुर नाथ ०, तारादेवी भट्ट १, नयाँ शक्तिका कालुदेवी पन्त ५ र रतन मोरले ५० मत ल्याएका छन् । यस्तै गरि ०देखि ५मत सम्म नल्याउने पनि उम्मेदवार देखिएका छन् । 

भीमदत्त नगर निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्क अनुसार १ पनि मत नल्याउने वडाध्यक्षका उम्मेद्वार स्वतन्त्रका दिल बहादुर नाथ र नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका भागा देवी भट्ट रहेका छन् । उनीहरु दुवैले १ मत समेत ल्याएका छैनन् । उनीहरु आफ्नै मत हालेकी हालेनन् भन्नेमा पनि दुविधा परेको छ । 

यस्तै १ मत मात्रै ल्याउने ३ उम्मेदवार छन् । राप्रपाका वडाध्यक्ष दामुराम कोली, स्वतन्त्रबाट वडाध्यक्ष तारादेवी भट्ट र राष्ट्रिय जनमोर्चाका सदस्यका उम्मेदवार चन्द्रा पार्कीले एक÷एक मत मात्रै ल्याएका छन् । ४ जना उम्मेद्वारले २ मत मात्रै ल्याएका छन् । 

नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका वडाध्यक्षका उम्मेदवार रामदत्त जोशी, राष्ट्रिय जनमोर्चा सदस्य पदका उम्मेदवार गंगाराम ऐर, नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका दलित महिला सदस्य गिता भुल र उक्त पार्टीका सदस्य उम्मेदवार दलिनाथ योगी रहेका छन् । १जना उम्मेदवारले ३मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी संयुक्तका वडाध्यक्षका उम्मेदवार विमला सुनारले ३ मत मात्रै प्राप्त गरेका छन् । 

यस्तै ४ मत ल्याउने १ जना रहेका छन् । राष्ट्रिय जनमोर्चाका वडाध्यक्षका उम्मेदवार राजेन्द्र गिरीले ४ मत ल्याएका हुन् । यस्तै गरि ५ मत ल्याउने १ उम्मेदवार मात्रै रहेका छन् । नयाँ शक्ति पार्टी नेपालका वडाध्यक्ष कालुदेव पन्तले ५ मत प्राप्त गरेका हुन् । 

प्रतिशत ल्याउने ३३, १ प्रतिशत ल्याउने १९, २ प्रतिशत ल्याउने ६, ३ प्रतिशत ल्याउने ९, ४ प्रतिशत ल्याउने ८, ५प्रतिशत ल्याउने ५जना उम्मेदवार रहेका छन् । नगर प्रमुख र उप प्रमुखका लागि १ हजार ५ सय, वडाध्यक्षका लागि १ हजार , सदस्यका लागि ५ सय रुपौँया, महिला र दलित महिलाका हकमा ५० प्रतिशत छुटमा मनोनयन दत्र्ता गराएका थिए । 

प्रमुख उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला गरि जम्मा ९७ पदका लागि ४४२ ले उम्मेदवारी दर्ता गराएका थिए । भीमदत्त नगरपालिकामा कुल ५६ हजार १७४ मतदाता मध्ये ३७ हजार ३७० मत खसेका थिए । 

खसेको कुल मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारले जफत धरौटी र बाँकीको तीन महिना भित्रै धरौटी फिर्ता गरिने भीमदत्त निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ