Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक

२०८१, १६ पुष मंगलवार १४:२१

काठमाडौँ | चलचित्र ‘एक्टरः टेक वन’ का नयाँ पोस्टर र मोशन पोस्टर सार्वजनिक गरिएको छ। निर्देशक राजन भुसालका अनुसार नयाँ ब्रान्डिङ योजनाअन्तर्गत प्रचार सामग्रीको रूपमा यी पोस्टर सार्वजनिक गरिएको हो।

पोस्टरमध्ये एउटामा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई प्रस्तुत गरिएको छ भने अर्कोमा मात्र खड्का र कोइरालालाई देखाइएको छ। यी पोस्टर विजय बस्यालले डिजाइन गरेका हुन्। अभिनेता राजबल्लभ कोइराला १० वर्षपछि यही चलचित्रबाट ठूलो पर्दामा फर्किएका छन्, जबकि दिव्या रायमाझीले यसै चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी छिन्। दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन्।

चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन्, र यसको स्क्रिप्ट उनले आकाश बरालसँग मिलेर लेखेका हुन्। प्रमुख भूमिकामा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालासँगै दिव्य देव, उषा रजक, र सुशील सिटौला रहेका छन्। अदृत फिल्म्स र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता थमनकुमार भण्डारी र सहनिर्माता अनिश भुसाल हुन्।

चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले तयार पारेका छन्। कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्टप्रोडक्सन सुपरभाइजर साहिल खान रहेको चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश