२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बन्यो पुष्पा–२ , बाहुबली–२ को रेकर्ड तोडियो

२०८१, १७ पुष बुधबार १२:२०

काठमाडौँ | अल्लु अर्जुन स्टारर फिल्म पुष्पा–२ द रुल सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । फिल्मले २०१७ मा रिलिज भएको प्रभास स्टारर ब्लकबस्टर फिल्म बाहुबली २ द कन्क्लुजनको रेकर्ड तोडेको छ । अब पुष्पाभन्दा अगाडि आमिर खान स्टारर फिल्म दंगल मात्र छ ।

बाहुबली २ ले विश्वभर १७४७ करोड कमाएको थियो । पुष्पा २ ले मंगलबार २८ औं दिनसम्म विश्वभर कूल १७६० करोड कमाउँदै बाहुबलीको रेबर्ड तोडिसकेको छ । फिल्म अझै पनि बक्स अफिसमा लोकप्रिय रुपमा चलिरहेकोले यसले दंगलको रेकर्ड पनि तोड्न सक्ने अनुमान गरिएको छ । दंगलले विश्वभरबाट २०७० करोड कमाएको थियो ।

भारतीय बक्स अफिस ट्रयाकर स्याकनिल्कका अनुसार पुष्पा २ द रुलले मंगलबार कूल ७.६५ करोड कमाएको छ । फिल्मको तेलुगु संस्करणले मंगलबार भारतमा कूल ६०० शो पाएको थियो र १५.५१ प्रतिशत अकुपेन्सी थियो । फिल्मको हिन्दी संस्करणले ३ हजार शोसहित १९.१५ प्रतिशत अकुपेन्सी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै