२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एकीकृत समाजवादीसँग एकताको समझदारी भएको छ: वामदेव गौतम

१७ पुष २०८१, बुधबार १६:२५

काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न छलफल चलाइरहेका वामदेव गौतमले समझदारी विकास गर्ने सहमति भएको बताएका छन्।

बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालसँगको संवादपछि उनले पार्टी एकता छिट्टै हुने बताएका छन्।

एकीकृत समाजवादीमा एकता राष्ट्रिय अभियानलाई मिसाउनेबारे छलफल गर्न गौतम तेस्रो पटक संवादमा बसेका हुन्।

‘समझदारी विकास गर्ने भएको छ। यो त एउटा सानो पक्ष हो। यसैलाई खोल्नेबित्तिकै कति धेरै आउँछ। अबचाहिँ यस्तो भयो भनेर जुन दिन घोषणा गर्छौं त्यही दिन बताउँछौं– यसरी पार्टी एकता गर्छौं,’ उनले भने।

गौतमले नेकपा (एमाले) उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय एकता अभियान चलाइरहेका छन्। उनले एमालेमा फर्कर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवाद गरेका थिए। ओलीसँगको संवादले भने गति लिन सकेन।

एकीकृत समाजवादीमा उनलाई तेस्रो वरीयता दिनेबारे छलफल भइरहेको छ। गौतमले भने आफूलाई सक्रिय जिम्मेवारी र अन्य नेताको व्यवस्थापनको सुनिश्चितता खोजेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै