प्रज्वल पाैडेल/असार २८, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीले जातका कुराले साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गएकाे बताएका छन्। बुधबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/असार २८, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीले जातका कुराले साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गएकाे बताएका छन्। बुधबार "/>
९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जातीय साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गए: अाेली

२८ असार २०७४, बुधबार १३:४०

प्रज्वल पाैडेल/असार २८, काठमाण्डौ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीले जातका कुराले साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गएकाे बताएका छन्।

बुधबार राजधानीमा अायाेजित संयुक्त व्यवसायी समुहकाे चुनावी सभामा बाेल्दै उनले यस्ताे धारणा राखेका हुन् ।


अाेलीले वैदेशिक राेजगारका कम्पनीमा समेत जातिय राजनीति देखा पर्नु गलत भएकाे बताए । अाेलीभन्दा अगाडि बाेलेका अध्यक्षका प्रत्यासि गुरूङले विमल ढकाल संयुक्त समूह जातिय राजनीतिकाे हंगामा मच्चाउन उद्दत रहेकाे बताएपछि अाेलीले भने-' विदेशमा गुरूङ, तामाङ, मगर, क्षेत्री, बाहुन जस्ता कम्पनी पाईन्छ र ? पाइदैन भने कि न खाेल्नु ? त्यसैले यस्ता अपवाह फैलाउनेहरू विलाउछन्,जित सत्यकाे हुन्छ ।'

अाेलीले विश्वबाट नेपालमा भाषा भाषि जातजातिकाे अध्ययन गर्न अाउने वातावरण बनाउनुपर्ने बताए ।

पुर्वप्रधानमन्त्री अाेलीले मेनपावर कम्पनीले नेपालमा बेरोजगार बढाएकाे नभई वेराेजगारीलाई व्यवस्थापन सिर्जना गर्न मेनपावर स्थापित भएकाे धारणा राखे ।
उनले भने -"सरकारले गर्न नसकेकाे समयमा व्यवसायीले राेजगारीकाे अवसर सिर्जना गरेकाे छ ।

मेनपावरकाे अावरणमा रहेका दलाल, व्यवसायीलाई कानुन बमोजिम कारवाहि गर्न सरकार सक्रिय रहनुपर्छ।"

प्रदेश र केन्द्रकाे चुनावमा एमाले पहिलाे बन्ने र सरकार निर्माण गर्ने बताउदै अाेलीले सरकार गठनपछि वैदेशिक राेजगार व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने धारणा राखे ।

सरकारले स्वदेशमा नै राेजगारकाे व्यवस्था गर्न सके वैदेशिक राेजगारी व्यवसायी नभई स्वदेशी व्यवसायीमा परिणत हुने अाेलीले बताए ।
व्यवसायीलाई मर्यादित,पारदर्शी र कामदारकाे हितमा काम गर्न नेतृत्वले भुमिका खेल्न अनुराेध गरेका छन् । उनले बिदेशमा पुगेपछि कामदारले दुख पाउने वातावरण सिर्जना गर्न नहुने तर्क गरे ।

अाेलीले गाउँका जनताले एमालेलाई जिताउनुपर्ने सन्देश स्थानीय चुनावबाट दिएकाले स्वदेश विदेश घुमेका व्यवसायी झन् अत्याधिक मतले एमालेकाे पक्षधरलाई जिताउनु पर्ने बताए ।

अध्यक्षका प्रत्यासीका उम्मेदवार राेहित गुरूङले वैदेशिक राेजगार यस अगाडिका अध्यक्षले व्यवसायीकाे हितमा काम गर्न नसकेकाे अाराेप लगाए ।

मेनपावर व्यवसायीलाई वर्गीकरण गर्न नदिने गुरूङले प्रतिबद्धता जनाएका छन् । उनले भने -"वर्गीकरण गर्दा क ले सधै वर्चस्व जमाउने र अरूले अवसर पाउदैनन्,त्यसले मेनपावर व्यवसायीलाई समान अवसर दिन क ख ग मा वर्गीकरण गर्नु हुनुहुन्न ।"


असार ३० गते हुन लागेकाे नेपाल वैदेशिक राेजगार व्यवसायी संघकाे निर्वाचनमा एमाले लगाएतका समर्थनमा संयुक्त व्यवसायी समुहकाे तर्फबाट राेहन गुरुङ नेतृत्व र काङ्ग्रेस निकटबाट विमल ढकाल संयुक्त समूहकाे टीम प्रतिष्पर्धामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना