प्रज्वल पाैडेल/असार २८, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीले जातका कुराले साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गएकाे बताएका छन्। बुधबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/असार २८, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीले जातका कुराले साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गएकाे बताएका छन्। बुधबार "/>
2026-07-24 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जातीय साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गए: अाेली

प्रज्वल पाैडेल/असार २८, काठमाण्डौ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीले जातका कुराले साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गएकाे बताएका छन्।

बुधबार राजधानीमा अायाेजित संयुक्त व्यवसायी समुहकाे चुनावी सभामा बाेल्दै उनले यस्ताे धारणा राखेका हुन् ।

अाेलीले वैदेशिक राेजगारका कम्पनीमा समेत जातिय राजनीति देखा पर्नु गलत भएकाे बताए । अाेलीभन्दा अगाडि बाेलेका अध्यक्षका प्रत्यासि गुरूङले विमल ढकाल संयुक्त समूह जातिय राजनीतिकाे हंगामा मच्चाउन उद्दत रहेकाे बताएपछि अाेलीले भने-‘ विदेशमा गुरूङ, तामाङ, मगर, क्षेत्री, बाहुन जस्ता कम्पनी पाईन्छ र ? पाइदैन भने कि न खाेल्नु ? त्यसैले यस्ता अपवाह फैलाउनेहरू विलाउछन्,जित सत्यकाे हुन्छ ।’

अाेलीले विश्वबाट नेपालमा भाषा भाषि जातजातिकाे अध्ययन गर्न अाउने वातावरण बनाउनुपर्ने बताए ।

पुर्वप्रधानमन्त्री अाेलीले मेनपावर कम्पनीले नेपालमा बेरोजगार बढाएकाे नभई वेराेजगारीलाई व्यवस्थापन सिर्जना गर्न मेनपावर स्थापित भएकाे धारणा राखे ।
उनले भने -“सरकारले गर्न नसकेकाे समयमा व्यवसायीले राेजगारीकाे अवसर सिर्जना गरेकाे छ ।

मेनपावरकाे अावरणमा रहेका दलाल, व्यवसायीलाई कानुन बमोजिम कारवाहि गर्न सरकार सक्रिय रहनुपर्छ।”

प्रदेश र केन्द्रकाे चुनावमा एमाले पहिलाे बन्ने र सरकार निर्माण गर्ने बताउदै अाेलीले सरकार गठनपछि वैदेशिक राेजगार व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने धारणा राखे ।

सरकारले स्वदेशमा नै राेजगारकाे व्यवस्था गर्न सके वैदेशिक राेजगारी व्यवसायी नभई स्वदेशी व्यवसायीमा परिणत हुने अाेलीले बताए ।
व्यवसायीलाई मर्यादित,पारदर्शी र कामदारकाे हितमा काम गर्न नेतृत्वले भुमिका खेल्न अनुराेध गरेका छन् । उनले बिदेशमा पुगेपछि कामदारले दुख पाउने वातावरण सिर्जना गर्न नहुने तर्क गरे ।

अाेलीले गाउँका जनताले एमालेलाई जिताउनुपर्ने सन्देश स्थानीय चुनावबाट दिएकाले स्वदेश विदेश घुमेका व्यवसायी झन् अत्याधिक मतले एमालेकाे पक्षधरलाई जिताउनु पर्ने बताए ।

अध्यक्षका प्रत्यासीका उम्मेदवार राेहित गुरूङले वैदेशिक राेजगार यस अगाडिका अध्यक्षले व्यवसायीकाे हितमा काम गर्न नसकेकाे अाराेप लगाए ।

मेनपावर व्यवसायीलाई वर्गीकरण गर्न नदिने गुरूङले प्रतिबद्धता जनाएका छन् । उनले भने -“वर्गीकरण गर्दा क ले सधै वर्चस्व जमाउने र अरूले अवसर पाउदैनन्,त्यसले मेनपावर व्यवसायीलाई समान अवसर दिन क ख ग मा वर्गीकरण गर्नु हुनुहुन्न ।”

असार ३० गते हुन लागेकाे नेपाल वैदेशिक राेजगार व्यवसायी संघकाे निर्वाचनमा एमाले लगाएतका समर्थनमा संयुक्त व्यवसायी समुहकाे तर्फबाट राेहन गुरुङ नेतृत्व र काङ्ग्रेस निकटबाट विमल ढकाल संयुक्त समूहकाे टीम प्रतिष्पर्धामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक