2026-07-05 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ठगी प्रकरण: आज रवि लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरूले बहस गर्दै

काठमाडौँ | सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्धको थुनछेक बहस बिहीबार पनि जारी छ ।

कास्की जिल्ला अदालतमा पुस १६ गतेदेखि सुरु भएको बहसमा मंगलबार र बुधबार सरकारी वकिलहरूको तर्फबाट बहस भएको थियो ।

सरकारी वकिलहरूले मुलुकी फौजदारी संहिताको आधारमा प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गरेका थिए ।

सरकारी वकिलतर्फका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेल, कमला काफ्ले र शान्तिदेवी शर्माले सहकारीमार्फत बचतकर्ताहरूको रकम ठगी गरी ठूलो आर्थिक क्षति पुर्‍याएको भन्दै प्रतिवादीलाई कारागारमा राख्नुपर्ने माग गरेका थिए ।

सरकारी वकिलहरूको तर्क सकिएसँगै आजदेखि जाहेरीवालाको तर्फबाट बहस सुरु भएको छ। यसपछि प्रतिवादीतर्फका वकिलहरूले बहस गर्नेछन् । प्रतिवादीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले छविलाल जोशीका वकिलहरूले पहिलो बहस गर्ने र त्यसपछि अन्य प्रतिवादीका वकिलहरूले बहस गर्ने उल्लेख गरे ।

वरिष्ठ अधिवक्ता घिमिरे, सुशीलकुमार पन्त, डा. नारायणदत्त कँडेल, र सोविता गौतमलगायतका वकिलहरूले प्रतिवादीतर्फबाट बहस गर्ने तयारी गरेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ७ जनाविरुद्ध थुनछेक बहस चलिरहेको हो । सहकारीका सञ्चालक तथा कर्मचारीहरूले बचतकर्ताको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको थियो । लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङ प्रतिवादी छन् ।

गत वर्ष असोज १८ गते सहकारी ठगी मुद्दामा १९ जनाविरुद्ध दायर भएको यो मुद्दामा अहिले प्रतिवादीहरूको संख्या ६३ पुगेको छ । सहकारीका पूर्वअध्यक्ष, सञ्चालक समिति सदस्य, लेखा अधिकारी, र अन्य कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधका थप अभियोगसमेत दर्ता भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा जारी यो बहसपछि अदालतले प्रतिवादीहरूलाई थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै