2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ | चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो भाइरसबाट आठ महिनाकी बालिका संक्रमित भएकी हुन् । राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ । कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको छ ।

भारतीय स्वास्थ्य विज्ञहरूले पनि भाइरस भारतमा भेटिएको पुष्टि गर्दै विशेष गरी जाडो मौसममा यो देखा पर्ने गरेको बताएको छ ।

बाल रोग विशेषज्ञ डा. सुरेश गुप्ताले एचएमपीभी नयाँ भाइरस नभएको र दुई दशकभन्दा बढी समयदेखि परिचित रहेको बताए । उनले भने, ‘यो भाइरस सामान्यतया जाडो मौसममा देखा पर्छ र इन्फ्लुएन्जा वा सामान्य भाइरल ज्वरो जस्तै व्यवहार गर्दछ ।’

यो भाइरसबाट संक्रमित बिरामीहरू चीनमा बढ्दै गएपछि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले छलफल गरेको छ । बैठकमा चीनमा फैलिएको भाइरसको अवस्था असामान्य नभएको निष्कर्ष निकालेको छ ।

उत्तरी चीनका केही सहरमा इन्फ्लुएन्जा (फ्लु) जन्य संक्रमणका बिरामी बढिरहेका त्यहाँको सेन्टर फर डिजिज् कन्ट्रोल (सीडीसी)ले जनाएको छ ।

सीडीसीले डिसेम्बर अन्तिम साता सार्वजनिक गरेको तथ्यांकानुसार, अस्पताल पुगेका मध्ये ३०.२ प्रतिशतमा चिसोजन्य इन्फ्लुएन्जा र ६.२ मा एनएचपीभीसँग मिल्दाजुल्दा लक्षण देखिएका छन् । उनीहरू एचएमपीभी संक्रमित नै हुन् भनेर सीडीसीले पुष्टि गरेको छैन । चीन सरकारले यसबारे आधिकारिक तथ्यांक हालसम्म सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक