२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

२२ पुष २०८१, सोमबार १२:०७

काठमाडौँ | चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो भाइरसबाट आठ महिनाकी बालिका संक्रमित भएकी हुन् । राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ । कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको छ ।

भारतीय स्वास्थ्य विज्ञहरूले पनि भाइरस भारतमा भेटिएको पुष्टि गर्दै विशेष गरी जाडो मौसममा यो देखा पर्ने गरेको बताएको छ ।

बाल रोग विशेषज्ञ डा. सुरेश गुप्ताले एचएमपीभी नयाँ भाइरस नभएको र दुई दशकभन्दा बढी समयदेखि परिचित रहेको बताए । उनले भने, ‘यो भाइरस सामान्यतया जाडो मौसममा देखा पर्छ र इन्फ्लुएन्जा वा सामान्य भाइरल ज्वरो जस्तै व्यवहार गर्दछ ।’

यो भाइरसबाट संक्रमित बिरामीहरू चीनमा बढ्दै गएपछि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले छलफल गरेको छ । बैठकमा चीनमा फैलिएको भाइरसको अवस्था असामान्य नभएको निष्कर्ष निकालेको छ ।

उत्तरी चीनका केही सहरमा इन्फ्लुएन्जा (फ्लु) जन्य संक्रमणका बिरामी बढिरहेका त्यहाँको सेन्टर फर डिजिज् कन्ट्रोल (सीडीसी)ले जनाएको छ ।

सीडीसीले डिसेम्बर अन्तिम साता सार्वजनिक गरेको तथ्यांकानुसार, अस्पताल पुगेका मध्ये ३०.२ प्रतिशतमा चिसोजन्य इन्फ्लुएन्जा र ६.२ मा एनएचपीभीसँग मिल्दाजुल्दा लक्षण देखिएका छन् । उनीहरू एचएमपीभी संक्रमित नै हुन् भनेर सीडीसीले पुष्टि गरेको छैन । चीन सरकारले यसबारे आधिकारिक तथ्यांक हालसम्म सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने