८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी हवल्दार होटलमा मृत अवस्थामा भेटिए

२९ असार २०७४, बिहीबार ११:४१

असार २९, कैलाली । कैलालीको अत्तरिया बजारस्थित नेचुरल ब्युटी नाम गरेको होटलमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् । 

भनजी नगरपालिका–१ मा स्थायी घर भई जोगबुढा इलाका प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा आज बिहान करिब ३ बजे उक्त होटलको कोठा नं ५ मा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । 

बुधबार राति हवल्दार बूढा एक युवतीसंग सो कोठामा बसेको र अकस्मात् छटपटाएर ज्यान गएको साथमा रहेकी ती युवतीले बताएकी छिन् । प्रहरीको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको छ भने अनुसन्धानका लागि साथमा बसेकी युवतीलाई हिरासत राखिएको प्रहरीले जनाएको छ । 

एक भारतीय नागरिकसहित पाँच जना पक्राउ 

कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट युवती बेचबिखनको आशंकामा एक भारतीय नागरिकसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हिजो राति काठमाडौँबाट धनगढीतर्फ आइरहेको यात्रुबाहक बसमा भारतको भगवानपुर भन्ने ठाउँमा बस्ने २१ वर्षीय श्याम कुमार र साथमा काभ्रे नमोबुद्ध नगपालिका–५ घर भएकी १८ वर्षीय तामाङ थर भएकी एक युवतीलाई सुराकीका आधारमा पक्राउ गरेको मालाखेती इलाका प्रहरी कार्यालयले जनाएको छ । 

घटनामा संलग्न रहेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रबाट दुई र अत्तरिया आसपासको क्षेत्रबाट तीन पुरुषलाई अनुसन्धानका लागि पक्राउ गरिएको मालाखेतीका प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिनुभएको छ । 

घटना शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता