असार, काठमाडौँ । चर्चित हाँस्यकलाकार द्धय धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे अभिनित छोटो सिनेमा हरियो बिल्लाको एक गीतको भिडियो सार्बजनिक भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार, काठमाडौँ । चर्चित हाँस्यकलाकार द्धय धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे अभिनित छोटो सिनेमा हरियो बिल्लाको एक गीतको भिडियो सार्बजनिक भ"/>

2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तली अभिनित ‘हरियो बिल्ला’को सरसफाई गीत सार्बजनिक (भिडियोसहित)


असार, काठमाडौँ । चर्चित हाँस्यकलाकार द्धय धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे अभिनित छोटो सिनेमा हरियो बिल्लाको एक गीतको भिडियो सार्बजनिक भएको छ । 

केही समय अघि मात्रै ट्रेलर सार्बजनिक गरिएको हरियो बिल्लाको सरसफाई सम्बन्धि गीत सार्बजनिक गरिएको हो । 

दिनेश कुमार थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको सार्बजनिक आउँ हामी खानेपानी सरसफाईको कुरा गरौं बोलको गीतमा राजेश पायल राईको आवाज सुन्न सकिन्छ । सरसफाई सम्बन्धि बिषयलाई उठान गरि निर्माण गरिएको यस छोटो सिनेमा अर्को साता सामाजिक सञ्जाल युट्युव मार्फत सार्बजनिक गरिने निर्देशकद्धय धुर्मुस सुन्तलीले जानकारी दिएका छन् । 

दुषित खानेपानी तथा फोहोर मैला व्यवस्थापन नगर्दा हुनसक्ने जोखिमका बिषयमा निर्माण गरिएको यस सिनेमा पुर्णत सन्देश मुलक भएको बताईएको छ । अघिल्लो साता एक ट्रेलर रिलिज गरेपछि दर्शकले यस सिनेमालाई पनि कमेडि सिनेमा भनेर बुझिरहेका थिए । तर यस बिषयमा धुर्मुस सुन्तली भने यो सिनेम कमेडि जनरामै निर्माण भएपनि यसले सन्देश मात्र दिन खोजेको बताएका छन् । 

‘सिनेमामा सन्देश संग संगै कमेडि पनि सिनेमामा हुनेछ’ सिनेमाका निर्देशक सिताराम कट्टेलले भने ‘हामीबाट दर्शकले जुन कमेडिको आशा राख्नुभएको हुन्छ त्यो प्रकृतीको कमेडि भने यसमा छैन् ।’ 

धुर्मुस सुन्तली संगै कमलमणी नेपाल, अनिता बैजु, मञ्जु केसी, यादव देवकोटा, सुरज सुनुवार, ईन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको यस सिनेमालाई दिपक आचार्यले लेखेका हुन् । शुभ मिडिया होमले निर्माण गरेको यस सिनेमाको प्रमुख कार्यकारी निर्माताका रुपमा सरोज ओली रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई