2026-07-04 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल

काठमाडौँ | नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले देशको जगलाई भत्किन नदिन सबै देशभक्तहरु एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले देश र जनताका लागि रगतको खोला बगाएका शहिदहरुको रगतको आडमा बसेर भष्ट्राचारको खेती गर्नेहरु मौलाइ रहेको बताएका हुन् ।

उनले भने ,‘हाम्रो देशका लागि पृथ्वी नारायण शाहले जुन अखण्ड जग बसाल्नु भएको थियो आज प्रत्येक देशभक्तहरुले त्यो जगलाई भत्किन नदिन यी जगका इटाहरु सर्वनासतिर जान नदिन एक भएर अगाडि बढ्नुपर्ने दिन आएको छ । देश र जनताको लागि हामी भन्दा अगाडिका शहिदहरुले रगत बगाएर गए । आज उनीहरुको रगतको आडमा बसेर भष्ट्राचारको खेती गर्नेहरु यहाँ मौलाइरहेका छन् ।’

यसैगरी उनले सरकार चलाउनेहरुले नै नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर रकम खाएको आरोप लगाए । उनले भने, ‘सरकार चलाउने र ठूला ठूला पदमा बस्नेहरुले नेपाली जनतालाई बेच्ने र नक्कली शरणार्थी बनाएर रकम खाने, जापानको विमानस्थलमा नेपालीलाई बेच्न मन्त्री आफैं जाने, सरकारी जग्गा हड्पिएर आफ्‌नो आफ्‌न्तहरुलाई बाड्ने, कुनै व्यक्ति विशेषको स्वार्थको लागि प्रधानमन्त्री कार्यालयले कुनै अपुग कथित सञ्चार विज्ञको हतियार बन्ने यस्तो घिन लाग्दो काम गर्दै आएका छन् ।’उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखामा पट्टी बाँधेको शासकको संज्ञा दिएका छन् । रावलले ओलीले सबै जनता मुर्ख छन्, म मात्रै सर्वज्ञ हुँ भन्ने भाव प्रस्तुत गरिरहेको बताएका हुन् ।

उनले भने , ‘कतिपय मान्छेहरु भन्छन्, हामीले त सरकार संविधान संशोधनका लागि ल्यायौं । तर, यदि मेरो आँखा र कानले धोका दिएको छैन भने, देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा हुन्छ । आश्चर्य लाग्छ, सरकारमा म पनि गएको थिएँ । तर, यतिसाह्रो आँखामा पट्टी लगाएर, जनता सबै मुर्ख छन्, म मात्रै सर्वज्ञाता छु भन्ने यस्तो कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै