2026-07-05 10:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई!

काठमाडौँ | पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि नेकपा एमालेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिरहेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिका सभापति रहेका थापाले सामाजिक सञ्जालमा तीन वटा स्टाटस लेखिसकेका छन् ।

रविबारे अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुने उनको भनाइ छ ।

उनले रविबारे पहिलो स्टाटसमा लेखेका छन्, ‘कसुरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन – सहकारीको रकमबाटै शुरूमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवी लामिछानेको शेयरवापत भुक्तानी गरेको खुलासा ।’

दोस्रो स्टाटसमा लेखेका छन्, ‘अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ । त्यसनिम्ति ७३नं । को व्यवस्था मौजुद नै छ !’

उनले आज बिहानमात्रै थप एक स्टाटस लेखेका छन् । जसमा उनले

‘रवी जिम्मेवार/कारबाहीको सिफारिस-क्लिन चिट !!
रवी निर्दोष छन्- हाहा हुहु !!
अनुसन्धानको लागि पक्राउ- सरकार म-यो/जुठो बार !!
अनुसन्धान-अभियोजन-हिरासत- राजनीतिक प्रतिशोध !!
अदालती सुनुवाई- न्याय मरेको छैन !!
६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई!!
रवी कसुरदार छैनन् भन्ने आधार देखिएन- हिहि !!
सहकारीको करोडौं बचत दुरूपयोग- छिछि !!
सहकारीको बाहेक एक रूपैया कम्पनीमा खाएको छैन,
काठमाडौं,बुटवल,चितवन र बीरगंज – सुनुवाई छ कि!!’ लेखेका छन् ।

बिहीबार साँझ जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाडेको थियो । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै