२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल

२६ पुष २०८१, शुक्रबार १३:३१

काठमाडौँ | स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आउँदो वर्षदेखि आँखाको उपचारसँग सम्बन्धित चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गरिने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

चस्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने उनले उल्लेख गरे । उपचारसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आउँदो वर्षदेखि गर्नेे उनले घोषणा गरे ।

“…आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौँ,” उनले भने ।

उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए । आँखाको उपचारसम्बन्धी उपकरण थप र भौतिक पूर्वाधार व्यवस्थित गर्ने विषयमा सबै मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

“उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्ने कुरा पनि महत्त्वपूर्ण विषय हो,” उनले भने, “उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरूले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरूमा, उपचार संस्थाहरूमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढंगबाट काम गरौँ ।”

मन्त्री पौडेलले आँखा उपचारका निम्ति नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए । उनले आँखा उपचारका निम्ति नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको सुनाए । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य