३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने

२६ पुष २०८१, शुक्रबार १४:२६

काठमाडौँ | सहकारी ठगी प्रकरणमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद हाल निलम्बनको अवस्थामा छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता भएसँगै गत पुस ८ गतेदेखि रवि सांसद पदबाट निलम्बनमा छन् ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि मुद्दा दायर गरिएको पत्र कास्की प्रहरीले संसद् सचिवालयलाई पठाएपछि उनी दोस्रो पटक निलम्बनमा परेका थिए ।

त्यसबेला संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले सूचना जारी गर्दै रविको सांसद पद निलम्बन भएको बताएका थिए । पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका छन् ।

सहकारी ठगीसम्बन्धी मुद्दामा अदालतले ६५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत् बुझाएर लामिछाने हिरासतमुक्त भइसकेका छन् । तर उनको मुद्दा अझै कायमै छ । अदालतले शंकाको सुविधासहित उनलाई धरौटी बुझाएर रिहा गर्न भनेको हो । मुद्दाको किनारा नलागिसकेकाले रवि तत्काल संसद्मा फर्किन सक्ने सम्भावना छैन ।

जिल्ला अदालतबाट मुद्दाको अन्तिम किनारा लागेर आदेश नआइसकेकाले लामिछाने सांसद पदमा फर्किने अवस्था नभएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरी बताउँछन् ।

सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ्ग निवारण ऐन, २०६४ मा भनिएको छ , ‘स्वतः निलम्बन हुनेः प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’

अहिले लामिछानेको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईबाट पुर्पक्षको आदेश मात्रै भएको हो । उनी धरौटीमा मात्रै रिहा भएकाले सांसद पद फुकुवा नहुने गिरी बताउँछन् । भन्छन्, ‘कानुनमा फुकुवा गर्ने व्यवस्था छैन । उहाँको मुद्दा फच्र्यौट भएको अवस्थामा मात्रै निलम्बन हट्ला ।’

संविधानको धारा ८७ मा सांसदहरूको योग्यताबारे व्यवस्था छ । यो व्यवस्थाअनुसार कुनै पनि सांसद संघीय कानुनअनुसार अयोग्य नभएसम्म पदमा बहाल हुन्छन् । प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ऐनअनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण जस्ता कसुरमा दोषी ठहर व्यक्ति सांसद हुन अयोग्य हुन्छन् ।

अहिले लामिछानेमाथि लगाइएको कसुर पनि यही हो । तर, लामिछानेको सांसद पद अहिले नै जाँदैन । किनकि उनीमाथि अहिले अभियोग मात्रै लागेको हो । अदालतको अन्तिम निर्णयबाट कसुरदार ठहर भइसकेका छैनन् । अदालतबाट कसुरदार ठहरिए मात्रै उनको सांसद पद गएर पुनः अर्को उपनिर्वाचन गर्नुपर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली