८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु

३० असार २०७४, शुक्रबार ०९:४२

असार ३०, कलैया । बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । 

क्षयरोगको औषधि सेवन गरेको चार महिनापछि उनीहरुको मृत्यु भएको हो । नेपाल क्षयरोग निवारण संस्था बाराद्वारा यहाँ आयोजित “दलित वर्गमा क्षयरोगसम्बन्धी चेतनामूलक अभिमुखीकरण” कार्यक्रममा २०७३ साउनदेखि २०७३ फागुनसम्म जिल्लामा रहेका कुल ६३७ जना क्षयरोगीमध्ये २९६ जना संक्रमण क्षयरोगी भएको जनाएको छ । 

जिल्ला अस्पताल, प्राथमिक अस्पताल र स्वास्थ्य चौकी गरी जिल्लाका एक सय स्वास्थ्य संस्थाबाट क्षयरोगीका बिरामीलाई निःशुल्क प्रत्यक्ष निगरानीमा औषधि खुवाउने व्यवस्था गरिएको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालयका रामविनय यादवले भन्नुभयो – ‘क्षयरोग न्यूनीकरणका लागि जिल्लामा व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्नुपर्दछ ।’ 

नेपाल क्षयरोग निवारण संस्था, बाराका अध्यक्ष सुरेश मोदकको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य वसन्त नेपालले क्षयरोगका लक्षण र उपचार विधीका विधिका विभिन्न पक्षमाथि प्रकाश पार्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता