२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद

२०८१, २८ पुष आईतवार १२:५०

लुम्बिनी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले दुई तिहाई बहुमतको सरकारले अध्ययादेशमार्फत कानुन बनाउनु गलत भएको बताएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेसँग बहुमत हुँदा पनि संसद् बैठक नचलाएर अध्यादेशमार्फत कानुन बनाउनु गलत भएको साउदले बताएका हुन्।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले संसद् छलेर अध्यादेशमार्फत गएका कुराहरुले स्थायित्व दिन नसक्ने ठोकुवा गरे।

उनले अध्यादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे। प्रतिनिधिसभा सदस्य समेत रहेका साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएपनि एकलौटी अघि बढेको आरोप लगाए।

उनले दुई दल बीचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आईरहेको भन्दै पूर्ण पालना गर्न सुझाव दिए। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए। ‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्दछ,’ उनले भने।

साउदले संविधान सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरी संशोधन गर्ने बेला आएको बताए। उनले स्थिरताको तत्व संविधानमा जोडिनुपर्ने बताउँदै संविधानमा स्थायीत्वको तत्व समावेश हुन सक्दैन् भने संवैधानिक प्रबन्ध उचित नहुने तर्क गरे।

उनले भने, ‘हरेक १० वर्षमा संविधानका कुरा परिवर्तन गर्नु आवश्यक छ। संविधान संसोधन परिमार्जनको कुरा सर्वस्वीकृत बनाउनुपर्छ। राज्य व्यवस्थालाई जनताको स्पष्ठ पहुँच भएको संयन्त्रको रूपमा अगाडी बढाउनुपर्छ। यो अभिष्ट (उद्देश्य) नेपाली कांग्रेसको हो।’ साउदले प्रधानमन्त्री ओलीले ०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्नु अभिव्यक्तिमा संवेदनशील हुनुपर्ने सुझाव दिए।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामुकमार क्षेत्रीको अध्यक्षता तथा आचार्य प्रदिपको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतकमा नियुक्त जमुना ढकाललाई सम्मान समेत गरिएको थियो। ढकाललाई नेता साउदसहितका नेताले सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू डा. डिला शंग्रौला, अब्दुल सतार, चम्पा खड्का, गंगा शाही, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका निवार्तमान सचेतक निर्मला क्षेत्री, नेपाली कांग्रेस रूपन्देही कोषाध्यक्ष हरिप्रसाद अर्याल लगायतको उपस्थीति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो