२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए

२८ पुष २०८१, आईतवार १७:०८

वीरगन्ज | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा नेकपा (एकीकृत समाजवादी) को आफ्नो छुट्टै पहिचान स्थापित भइसकेको बताएका छन्।

वीरगन्जमा आइतबार आयोजित एकीकृत समाजवादी पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘नेकपा (एकीकृत समाजवादी) नेपालको राजनीतिमा स्थापित दल भइसकेको छ। यो पार्टीको आफ्नो एउटा पहिचान छ। यो पार्टी शानका साथ नेपालको राजनीतिमा उभिएको छ। यो पार्टीको आफ्नै इज्जत ,मान र सम्मान छ।’

उनले नेपाल राष्ट्रको एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति आफनो उच्च सम्मान रहेको बताउँदै राज्यले पनि सम्मान गर्नुपर्नेमा जोड दिए। उनले भने,‘देशको हितमा काम गरेकाहरुलाई राज्य र दलहरुले संकीर्ण सोच त्यागेर सम्मान गर्न सक्नुपर्छ, गर्नुपर्छ पनि।’

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘माधव नेपालको अनुहारपनि हेर्न मन लाग्दैन भन्ने व्यक्ति नै सत्ता र कुर्सी चाहिएका बेला भने दौडेर म कहाँ आउनुपर्‍यो।’ तर आफूले कोहीप्रति घृणाको भाव नराखेको उनले सुनाए। नेपालले भने,‘जस्तो बीउ रोप्यो फलपनि त्यस्तै फल्छ। जसले घृणाको बीउ रोप्छ फलमा पनि घृणा नै पाउँछ।’

दुई ठूला शक्ति राष्ट्र चीन र भारतको बीचमा रहेको नेपाल क्षेत्रफल सानो भएपनि नेपालको आफ्नो छुट्टै इज्जत,प्रतिष्ठा र स्वाभिमान रहेको धारणा उनले राखे।
हरेक राजनीतिक दलले नेपाल र नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिँदै उनले अमेरिका,रुस,चीन,भारत लगायतका देशका सरकार प्रमुखसँग नेपालको हित र प्रतिष्ठा बढाउनका लागि आफूले संवाद र छलफल गरेको उनले सुनाए।

जनताको विश्वास र समर्थन प्राप्त गरेमात्रै पार्टी बलियो हुने भन्दै उनले जनताको विश्वास र समर्थन पाउनका लागि कार्यकर्ताले मेहनत गर्न आवश्यक भएको बताए। उनले भने,‘जुन दलका नेता कार्यकर्ता जनताको माझमा गएर उनीहरूका पिडा, बेदना र समस्या सुन्छन्। ती दललाई नै जनताको समर्थन र साथ प्राप्त हुन्छ। यसका लागि जनताको माझमा जान म नेता कार्यकर्ताहरुलाई आग्रह गर्छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली