२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो?

२९ पुष २०८१, सोमबार १७:५९

काठमाडौँ | परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत र चीन भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्रीहरूसँग भएका संवाद सार्वजनिक गरेकी छिन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राणाले सार्क सम्मेलन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित विषयमा छलफल भएको जानकारी गराइन् ।

परराष्ट्रमन्त्री राणाले गत भदौमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्तामा सार्क सम्मेलनबारे कुरा उठाएको बताइन् । सार्क शिखर सम्मेलन रोकिएको विषयमा जयशंकरसँगको संवाद उदृत गर्दै राणाले भनिन् , ‘जयशंकरले मलाई सोध्नुभयो, ‘तिम्रो देशमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो?’ त्यसपछि म केही बोल्न सकिनँ।’

भारतले २०१६ मा उरी हमलामा पाकिस्तानको हात रहेको भन्दै सार्क सम्मेलनमा चासो देखाएको छैन ।

परराष्ट्रमन्त्री राणाले नेपालले सार्क बैठकका लागि पहल गर्दै आएको बताइन् । तर, सार्कको लाषगि भन्दा पन बिम्स्टेक बैठकका लागि भने सबै सदस्य राष्ट्र सहमत रहेको उनको भनाइ छ।

परराष्ट्रमन्त्री राणाले आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाकारी गराइन् ।

उनले आफूले नेपालले चीनबाट अनुदानको अपेक्षा गरेको बताएको उल्लेख गरिन् ।

परराष्ट्रमन्त्री राणाले नेपालको बिआरआई सम्झौतामा ‘ऋण’ भन्ने शब्द नै नरहेको भन्दै चीनसँगको सहकार्यलाई सहज बनाउने प्रयास जारी राखिएको बताइन् ।

बैठकमा सांसदहरूले सार्क सम्मेलन र पोखरा विमानस्थलबारे चासो देखाएका थिए । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले पोखरा विमानस्थलको ऋणलाई अनुदानमा बदल्ने प्रस्तावबारे प्रश्न गरेका थिए । परराष्ट्रमन्त्री राणाले यसबारे कुनै प्रस्ताव नगएको र चीनसँग यसबारे अझै औपचारिक छलफल नभएको स्पष्ट गराइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने