२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो?

२०८१, २९ पुष सोमबार १७:५९

काठमाडौँ | परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत र चीन भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्रीहरूसँग भएका संवाद सार्वजनिक गरेकी छिन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राणाले सार्क सम्मेलन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित विषयमा छलफल भएको जानकारी गराइन् ।

परराष्ट्रमन्त्री राणाले गत भदौमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्तामा सार्क सम्मेलनबारे कुरा उठाएको बताइन् । सार्क शिखर सम्मेलन रोकिएको विषयमा जयशंकरसँगको संवाद उदृत गर्दै राणाले भनिन् , ‘जयशंकरले मलाई सोध्नुभयो, ‘तिम्रो देशमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो?’ त्यसपछि म केही बोल्न सकिनँ।’

भारतले २०१६ मा उरी हमलामा पाकिस्तानको हात रहेको भन्दै सार्क सम्मेलनमा चासो देखाएको छैन ।

परराष्ट्रमन्त्री राणाले नेपालले सार्क बैठकका लागि पहल गर्दै आएको बताइन् । तर, सार्कको लाषगि भन्दा पन बिम्स्टेक बैठकका लागि भने सबै सदस्य राष्ट्र सहमत रहेको उनको भनाइ छ।

परराष्ट्रमन्त्री राणाले आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाकारी गराइन् ।

उनले आफूले नेपालले चीनबाट अनुदानको अपेक्षा गरेको बताएको उल्लेख गरिन् ।

परराष्ट्रमन्त्री राणाले नेपालको बिआरआई सम्झौतामा ‘ऋण’ भन्ने शब्द नै नरहेको भन्दै चीनसँगको सहकार्यलाई सहज बनाउने प्रयास जारी राखिएको बताइन् ।

बैठकमा सांसदहरूले सार्क सम्मेलन र पोखरा विमानस्थलबारे चासो देखाएका थिए । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले पोखरा विमानस्थलको ऋणलाई अनुदानमा बदल्ने प्रस्तावबारे प्रश्न गरेका थिए । परराष्ट्रमन्त्री राणाले यसबारे कुनै प्रस्ताव नगएको र चीनसँग यसबारे अझै औपचारिक छलफल नभएको स्पष्ट गराइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो