असार ३१, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । 

आयोजनाका इ नागेन्द्र ज्ञवालीका अनुसार एक स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३१, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । 

आयोजनाका इ नागेन्द्र ज्ञवालीका अनुसार एक स"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवागढी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम

३१ असार २०७४, शनिबार ०३:४१


असार ३१, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । 

आयोजनाका इ नागेन्द्र ज्ञवालीका अनुसार एक सय ११ मेगावाट क्षमताको आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युत्गृहका काम एक साथ अगाडि बढिरहेको छ । 

भूकम्पपछि २०७३ मंसिर १५ गतेदेखि पुनः काम शुरु भएको सबै निर्माणको कामअन्तर्गत मजदुरले राति पनि आलोपालो गरी पहराको चट्टान फुटाउने काम गरेको तथा आवश्यक पेट्रोलियम पदार्थ र निर्माण सामग्री वर्षायाम अगावै आयोजना निर्माणस्थलमा पु¥याइसकिएको जानकारी दिनुभयो । 

अबको दुई वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत् उत्पादन भई आयोजनाबाट वार्षिक रु साढे तीन अर्ब आय हुने अनुमान गरिएको प्रविधिज्ञले बताएका छन् । 

चार हजार २०० मि लामो सुरुङसहित सबै संरचना भूमिगत भएकाले भूक्षय, बाढीपहिरो र भूकम्पले कुनै असर नगर्ने बताइएको छ । आयोजना सम्पन्न गर्न लागत अनुमान रु १३ अर्ब ६४ करोड रहे पनि तुलनात्मक रुपमा केही प्रतिशत बढ्न सक्ने आयोजनाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य