२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन

१ माघ २०८१, मंगलवार १३:००

काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकारको आयु धेरै नभएको दाबी गरेका छन्।

प्रेस सेन्टर सिन्धुपाल्चोकको आयोजनामा आज बिहान सुकुटेमा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अब यो सरकार चाँडै ढल्ने दाबी गरेका हुन्।

‘यो अप्राकृतिक सरकार ढल्नु नै छ, ढलिहाल्छ’, प्रचण्डले भने, ‘हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मिति नै तोक्न त मिलेन।’

सत्तारुढ दल नेपाली कांग्रेसका संस्थापन पक्षकै नेताहरू यो सरकारप्रति असन्तुष्ट रहेको दाबी प्रचण्डले गरे।

‘कांग्रेस संस्थापनका नेताहरुको असन्तुष्टि बाहिर आएको छ। हामी गम्भीर रूपले घटनाक्रमलाई हेरिराखेका छौँ’, उनले भने, ‘सरकार आफैँ आफ्नो आयु घटाइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति