असार ३१, धादिङ । पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिकाको खटौटीमा आज यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । 

महोत्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, धादिङ । पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिकाको खटौटीमा आज यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । 

महोत्त"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यात्रु बस र ट्रक ठोक्किँदा दुबै चालकसहित ३१ जना घाइते

३१ असार २०७४, शनिबार ०८:५४

असार ३१, धादिङ । पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिकाको खटौटीमा आज यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । 

महोत्तरीबाट काठमाडाँै आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरितबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ खटौटी पुल नजिक ठोक्किँएर दुर्घटना भएको हो । दुर्घटनामा बस र ट्रक दुबै सवारीका चालकसहित ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो । 

दुर्घटनामा गम्भीर घाइते तीन जनालाई उपचारका लागि काठमाडाँै लगिएको छ भने अन्य घाइतेको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

दुर्घटनापछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग तीन घण्टापछि एकतर्फी खुलेको छ । लोड ट्रक भएका कारण साइड लगाउन नसकिएकोले राजमार्ग खुलाउन समस्या भएको थियो । दुबै सवारीका चालक घाइते भएकोले दुर्घटनाका कारण खुलेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा