Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्।

१०४ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबका ब्याटरहरू ठूलो सर्ट खेल्ने क्रममा ७४ रनमा समेटियो।

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११–११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पुलिसका लागि सागर ढकालले छ र ललित राजवंशीले चार विकेट लिए।

मंगलबार पर्साको नारायणी क्रिकेट मैदानमा सुरु भएको फाइनल खेलमा आर्मीले टस जितेर पहिला बलिङ रोजेको थियो।

सुरुवाती ब्याटिङमा आएको पुलिसले एक सय ३३ रन बनाउँदा नौ विकेट गुमाएपछि इनिङ डिक्लियर गरेको थियो।

त्यसपछि आफ्नो पहिलो इनिङ ब्याटिङ गर्न आएको आर्मीले एक सय ७० रन बनाउँदै सबै विकेट गुमायो।

दोस्रो दिनमा आफ्नो दोस्रो इनिङको ब्याटिङ गर्न आएको पुलिसले एक सय ३२ रन बनाउँदा नौ विकेट गुमाएपछि खेल स्टम्प भएको थियो।

ब्याटिङमा आएका पुलिसका ब्याटरहरू ललिल राजवंशी र सागर ढकालले आज एक रन पनि बनाउन नसकेपछि आर्मीले विहानै ब्याटिङ थालेको थियो।