२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

२०८१, ३ माघ बिहीबार १५:०६

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छ्न। बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्दै उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन्।

उनले भने, ‘सभापतिको भनाई यही हो। एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो। मुलुकमा सुशासन र मूलुकमा आर्थिक समृद्धि गर्ने हो यसै विषयमा केन्द्रित भएर तपाईहरु काम गर्नुस्। हामी दुई दलबीचमा कुनै समस्या छैन भन्ने नै आजको निश्कर्ष हो।’ उनले बैठकमा मन्त्रीहरुसँग सेवा प्रवाहको कुरामा नागरिकलाई बढि भन्दा बढि सेवा राम्रो ढंगले प्रवाह गर्ने र मूलुकमा आर्थिक समृद्धि गर्ने सुशासन कायम गर्ने कुरामा केन्द्रीत रहेर काम गर्ने कुरामा छलफल भएको बताए। त्यस्तै उनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने पनि बताए।

उनले भने,‘यो देशमा लोकतन्त्र छ। व्यवसायिक स्वतन्त्र छ। मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ। त्यसमा बाधा व्यवधान गर्ने र अराजकता गर्ने कानुन विपरीत काम गर्ने जो सुकैलाई पनि दण्डित हुन्छ। जुन दिनेश त्रिपाठीमाथि घट्ना भएको छ यो अत्यन्तै निन्दनीय र गलत काम भएको छ। यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ