२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिजो राजावादी भए पनि मसँग आएपछि मातृभूमि जागरण अभियानका हुन् : भीम रावल

२०८१, ४ माघ शुक्रबार १४:३०

काठमाडौँ | नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जालमा पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका छन् ।

सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ । उनले बनाउन लागेको पार्टी गैरकम्युनिस्ट हुनेछ । जीवनभर कम्युनिस्ट राजनीति गरेका रावल अहिले आफ्नै पार्टी बनाउँदा भने गैरकम्युनिस्ट बनाउन कस्सिएका छन् ।

साथै शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भीम रावलले हिजो जुसुकै पृष्ठभूमिका भए पनि अहिले आफूसँग जोडिनेहरु आफ्नो अभियानका सदस्य हुने बताएका छन्।

‘हिजो कसले कसलाई सर्मथन गरेको थियो, अहिले यहाँ आउने युवाहरुले कसको सर्मथन गर्छन्,’ उनले भने, ‘ती युवाहरुले मेरो सर्मथन गरेपछि फलानो पार्टी भन्ने हुन्छ र?’

रावलले अगाडि भने, ‘हिजो कोही समाजवादी थियो कि कसैले राजाको नारा लगाएको थियो कि? कसैले कांग्रेसको नारा लगाएको थियो कि? म यहीबाट भन्छु, ती युवाहरु जहाँ-जहाँ भए पनि मेरो साथमा आएपछि ती मातृभूमि जागर अभियानका हुन्। मान्छेले बदल्न त पाइयो नि।’

बालेन शाहबारे सोधिएको प्रश्नमा रावलले राष्ट्रको हितमा अगाडि आउने सबैसँग मिलेर अगाडि बढ्ने बताए। उनले भने, ‘यो देशको हित चाहने बालेनजी हुनुहुन् कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते