२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको फोटो खिचेका निकोलसविरुद्ध मुद्दा दर्ता, १ लाख जरिवाना र ५ वर्ष कैद माग

४ माघ २०८१, शुक्रबार १७:००

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका डा. निकोलस भुसालविरुद्ध मुद्दा दर्ता भएको छ ।

शुक्रबार जिल्ला अदालत कास्कीमा उनीमाथि विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता भएको हो।

भुसाल बिहीबार दोस्रोपटक पक्राउ परेका थिए । शुक्रबार नै जिल्ला अदालत कास्कीमा बयान गराइएको छ भने थुनछेक बहस पनि भएको छ ।

यसअघि गत पुस ७ गते पक्राउ परेका उनलाई न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गरेको हो ।

भुसाललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरिएको छ ।यो कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ । यही व्यवस्थाअनुसार भुसाललाई कारबाही माग गरिएको छ ।

भुसाल मंसिर २९ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्न पुगेका थिए ।

रविसँग व्यक्तिगत भेटघाट र स्वास्थ्य सल्लाह दिन भनेर गएका भुसालले सीसीटीभी मनिटरबाट फोटो खिचेका थिए । उक्त फोटो सामाजिक सञ्जालमा राख्दै भुसालले रविको पक्षमा प्रदर्शनका लागि उपस्थित हुन आह्वान गरेका थिए । उक्त फोटो रास्वपाकै नेताहरुले राख्दै त्यसको जाँचको मागसमेत गरेका थिए । सरकारी पक्षले फोटो सार्वजनिक गरेको उनीहरुको आरोप थियो ।

पछि भुसाले उक्त फोटो सामाजिक सञ्जालबाट हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने