2026-09-03 06:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छानामा आगोको राँको बालेर सर्बसाधारणले साउने सक्रान्ती मनाए


टेक शाही/साउन १, डोल्पा । तल्लो डोल्पाका स्थानियहरुले छतमा आगोको राँको बालेर साउने सक्रान्ती मनाए । 

सल्लाको दियालोले छतका कुना कुनामा आगोको राँको बालेर साउने सक्रान्ती मनाउदै लुतो फालेका छन । दियालो बालेर लुतो फाल्ने प्रचलन तल्लो डोल्पाका सबै गाँउहरुमा रहेको पाइन्छ । तर त्रिपूराकोट नगरपालिकाको साबिकको पाहाडा गाबिसको शेरगाँउ र भोटगाँउमा भने यो दियालोको राँको  बालेर साउने मनाइदैन । त्यसका साथै मथिल्लो डोल्पाका कुनै पनि बस्तिका मानिसले यो पर्व मनाउदैनन । 

साउने सक्रान्तीको दिनमा साँझ पख दियालोको राँको बालेर लुतो फाल्ने प्रतलन तल्लो डोल्पाका मुड्केचुला गाँउपालिका,जगदुल्ला गाँउपालिका,त्रिपूरा सुन्दरी नगरपालिका,ठुलिभेरि नगरपालिका र काईको गाँउ पालिकाका सबै गाँउहरुमा रहेको पाइन्छ । एक गाँउका मानिसले अर्को गाँउका मानिसलाइ गालि गर्दै आगोको राँकोहरु फाल्ने र त्यसैलाइ लुतो फालिएको अर्थात साउने बिशेष चाड मनाइएको मान्ने चलन डोल्पामा रहेको छ । 

डोल्पा अन्य पूराना परम्परागत चाडवाडहरु लोप हुदै गए पनि साउनेमा राँको बालेर लुतो फान्ले पर्वले भने हाल सम्म पनि प्राथमिकता पाएको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताउनुभयो । अबका दिनमा छतमा धेरै राको बाल्ने भन्दा पनि एक ठाँउमा मात्र बालेर लुतो फाल्नु राम्रो हुने जमाना परिवर्तन सँगै परम्परालाइ बचाइ राखि केहि हत सम्म न्यूनिकारण गरेमा बातावरणिय असरको कमी हुने पनि ढकालले बताउनु भयो । 

तल्लो डोल्पाका सबै गाँउहरुमा प्रत्यक घरका छतमा दियालोको राँको बालेर ल्ुतो फाल्ने गरिन्छ । त्यहि छतमा बिचमा ठुलो राँको बालिन्छ र छेउमा कुखरा र बोकाहरुको बलि दिने प्रचलन पनि रहेको छ ।  यसरि बलि दिदा घरपरिवारलाइ पुण्य हुने र घरपरिवारका ग्रह्दशा नष्ट भइ सकारात्मक र राम्रा कामको शुभारम्भ हुने परम्पारगत मान्यता रहेको छ । 

आइतबार डोल्पाको सदरमुकाम दुनैमा पनि भब्य रुपमा छतमा राँको बालेर साउने मनाउदै लुतो फालेका छन । बर्ष भरिका द्ुख कष्टहरु नष्ट गर्ने दुष्मनलाइ परास्त गरि सुखका दिनको शुभारम्भ गर्ने पर्वका रुपमा लिने गरिएको गाँउका बुढापाकाहरुले बताउछन । श्रावणको १ गते साउने सक्रान्तीलाइ कर्कट सक्रान्तीको रुपमा पनि मनाउने गरिनछ । 

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रबेश गर्ने भएकाले श्रावणको १ गतेलाइ साउने सक्रान्तीको रुपमा मनाइन्छ । माघ १ गते मक्रसक्रान्तिका देखि देखि सूर्यले उत्तरतर्फको यात्रा गर्ने र सूर्यले आजैका दिन देखि दक्षिणको यात्रा गर्ने भएकोले यस सक्रान्तीलाइ दक्षिणायन कर्कट सक्रान्ती पनि भन्ने धार्मिक मान्यता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही