साउन १, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको लिखु गाउँपालिकाको छत्तिवन खोलामा आएको बाढिमा परेर ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने घोषणा गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको लिखु गाउँपालिकाको छत्तिवन खोलामा आएको बाढिमा परेर ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने घोषणा गरे"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले बाढीमा परि मृत्यु भएका परिवारलाई डेढ लाख राहत दिने

१ श्रावण २०७४, आईतवार १६:५१


प्रज्वल पौडेल/साउन १, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको लिखु गाउँपालिकाको छत्तिवन खोलामा आएको बाढिमा परेर ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने घोषणा गरेका छन् । 

देउवाले सामाजिक संजाल फेसुकमार्फत बाढीमा परेर ज्यान गुमाएका बालकुमारी खत्री र बासुदेव कार्कीका परिवारलाई सरकारले तत्काल १ लाख रुपैया राहत, ४० हजार रुपैया किरिया खर्च र १५ हजार रुपैया तत्काल अस्थायी वासका लागि सोबार घटनास्थलमै पुगेर स्थानीय प्रशासनले हस्तान्तरण गर्ने बताएका छन् । 

उनले फेबुकमा लेखेका छन्  'रामेछापको लिखु गाउँपालिकाको छत्तिवन खोलामा आएको बाढिका कारण गएको पहिरोमा परेर ज्यान गुमाएका बालकुमारी खत्री र बासुदेव कार्कीका परिवारलाई सरकारले तत्काल १ लाख रुपैया राहत, ४० हजार रुपैया किरिया खर्च र १५ हजार रुपैया तत्काल अस्थायी वासका लागि भोली घटनास्थलमै पुगेर स्थानीय प्रशासनले हस्तान्त्रण गर्नेछ । 
बाढिमा परेर घाईते भएका नौ जनालाई सरकारले आजै हेलिकप्टरबाट उद्दार गरेर काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराईरहेको छ । राहत, उद्दार र खोजी कार्यमा तिव्रता दिन सम्वन्धित निकायलाई निर्देशन दिईसकेको छु । मृतकप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्दछु ।,

यसैबीच बाढी पिडितलाई उद्दार तथा सहयोगका लागि राजनीतिक दलका नेतृत्व, सरकारी तथा गैह्रसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, स्थानीय लगाएतहरू आफ्नो क्षेत्रबाट दिनभर लागि परेका थिए ।

घटनास्थलमा उद्दारपछि केही व्यक्ति तथा संस्था बाढीपीडितलाई राहतका लागि जुटिरहेका छन् ।

खिम्तीको छतिउने खोलामा आएको बाढीमा परेका मध्ये बाल कुमारी खत्रीको घटनास्थलमा र जयप्रकाश (बासु) कार्कीको हलेदेबेसीमा शव फेला परेको थियो । बाढीमा परि केहि घाइते भएका छन् ।

जसमध्ये ९ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याई वीर हस्पिटलको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ । ९ जना घाइतेहरुमा ५० बर्षीय कुमार खत्री, ४० बर्षीय सुन्तली खत्री, ४५ बर्षिया राधा खत्री, १९ बर्षीय भगवती खत्री, २ बर्षीय प्रसिशा खत्री, १७ बर्षीय बिशाल थापा, २५ बर्षीय झक बहादुर घर्ति, १९ बर्षीय रुदु गुरुङ र १४ बर्षीय लक्ष्मी खत्री रहेका छन् । 

हेलिकप्टरको भाडाबापत लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द खड्काले १ लाख ५ हजार दिने सहमति भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना